चितवन – मकवानपुरको मनहरी गाउँपालिका ६ लोथरकी शशी खड्का ६ दिनदेखि बेपत्ता भएकी छिन् ।
३० वर्षीया शशी असार ८ गते बुधवारदेखि बेपत्ता भएकी हुन् । सो दिन उनी बिहान १०:३० बजे भरतपुर अस्पताल जान्छु भन्दै घरबाट निस्केको परिवारको जानकारी दिएको छ ।
त्यसपछि उनी सम्पर्कबिहिन भएकी हुन् । साँझसम्म पनि नफर्किएपछि सोही दिन खोजी गरिपाउँ भन्दै प्रहरीमा निवेदन दिएको परिवारले जनाएको छ ।
उनी सेतो रङको कुर्ता सुरुवात लगाएर घरबाट निस्किएकी थिईन् । उनलाई कतै देखे नजिकको प्रहरी कार्यलय वा ९८५५०८१५४३,९८४५१६३५४३, ९८५५०६२३२३,९८५५०५०२०० सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।
भरतपुर अस्पताल जान्छु भनेर हिंडेकी शशी ६ दिनदेखि बेपत्ता भरतपुर अस्पताल जान्छु भनेर हिंडेकी शशी ६ दिनदेखि बेपत्ता