गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ५ बैकुण्ठ नगर टोल बिकास सस्था मार्फत खोलिएको सुनौलो कृषि महिला समूहले टोलमा रहेका खाली जग्गामा बेसार खेती गरेका छन् ।
थोरै मिहेनतमा बाँझो जग्गामा बेसार खेती गरी सदुपयोग गर्न सकिने भएपछि कृषक महिलाहरु बेसार खेतीमा यसरी जुटेका छन् । गत वर्ष देखिनै यसरी बेसार खेति शुरु गरेका उनिहरुले पहिलो वर्ष लगभग २ कठ्ठा जग्गा भाडामा लिएर गरिएको बेसार खेती बाट ३५०९तिनसय पचास केजि बेसार उत्पदन गर्न सफल भएका थिए ।
बेसार बिहान बेलुकी नेपालीको भान्सामा अत्यावश्यक बस्तु भएकाले आफैंले उत्पादन गरेको आर्गानिक बेसार आफैले समेत उपभोग गर्दै बाकी बेसार समुहका अन्य सदस्य र टोल भर बिक्री गर्ने गरेका छन । आम्दानी राम्रो, खेती गर्न सजिलो आफ्नो फुर्सदमा कामगर्न सकिने धेरै उत्पादन भए बजारको समस्यासमेत नभएकाले यो खेती सुरुवात गरिएको समुहकि अध्यक्ष मिरा केसीले वताएकि छन् ।
समुहमा १३र१४ जना २५ देखिमा ५० वर्ष उमेर समुहका महिलाहरु आवद्ध छन् । नगरपालिका र स्थानीय सरोकार वाला संघ सस्थाले यो समुहलाइ कृषि तालिम को बेबस्था गर्दिएमा नयाँ प्राविधिक र नयाँ सीप हासिल गर्न केही सहज हुने समुहकी सचिब नरमाया थापाले बताइन् ।