चितवन । सवारी दुर्घटना हुने जिल्ला चितवनमा सवारी साधनको कारवाहीलाई पनि त्यतिकै तिव्र पारिएको छ । कारवाहीको संख्या हेर्दा ट्राफिक नियम उल्लघंन गर्नेहरु अझैपनि प्रसस्त रहेको देखिन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेष्ठ मसान्त सम्ममा ३० हजार २०२ सवारीसाधनलाई कारवाही गरिएको हो । त्यसरी गरिएको कारवाहीबाट कार्यालयले २ करोड ७६ लाख६४ हजार पाँच सय रुपैँया राजश्व संकलन गरेको छ । सवैभन्दा धेरै ट्राफिक नियम उल्लघंन गर्नेहरुमा मोटरसाइकल रहेका छन् ।
ट्राफिक कार्यालय चितवनले चालु आर्थिक वर्षको साउन देखि जेष्ठ मसान्तसम्म ८ हजार २६३ मोटरसाइकललाई कारवाही गरेको छ । जसबाट ७० लाख ११ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको छ । दोस्रो धेरै सवारी नियम उल्लघंन गर्नेमा जिप तथा कार रहेका छन् । सोही अवधिमा ६ हजार ८७६ वटा कारवाहीमा परेका छन् । यसरी कारवाहीमा पर्दा ६३ लाख ४७ हजार ५ सय रुपैँया राजश्व संकलन भएको छ । त्यस्तै ५ हजार ६३० वटा ट्रक तथा टिपरलाई कारवाही गर्दा ६१ लाख ४४ हजार राजश्व संकलन भएको छ ।
४ हजार ३०२ वटा टेम्पो र अन्य सवारी साधन कारवाहीमा पर्दा ३२ लाख ९३ हजार, ३ हजार ७०३ बस तथा माइक्रोलाई कारवाही गर्दा ३४ लाख ६० हजार र १ हजार ४२८ टेक्टरलाई कारवाही गर्दा १४ लाख ८ हजार पाँच सय रुपैँया राजश्व संकलन भएको छ । यसरी हजारौँको संख्यामा सवारी साधनलाई कारवाही गरेपनि यसको प्रभावकारी नतिजा भने देखिन सकेको छैन । एकैछिनका लागि राजश्व तिर्ने र पुन गल्ती दोहोर्याउनेहरु बढेको देखिन्छ । कारवाही अनुसार सवारी दुर्घटना कम हुनुपर्ने हो तर चितवनमा त्यो देखिदैन ।
ट्राफिक चितवनले सवैभन्दा बढी कार्तिक महिनामा धेरै सवारी साधनलाई कारवाही गरेको छ । यो महिनामा मात्रै ३२ सय ८९ सवारी साधनलाई कारवाही गर्दा ३० लाख १६ हजार पाँच सय राजश्व संकलन भएको छ । त्यस्तै जेष्ठ महिनामा ३२ सय १० वटा सवारी साधन कारवाहीमा परेका छन् । जहाँ ३० लाख ५ सय राजश्व संकलन भएको छ । त्यस्तै असोजमा ३ हजार २३ सवारी साधन कारवाहीमा परेका छन् ।
यहाँ २७ लाख २६ हजार राजश्व संकलन भएको छ । कम्तिमा २३ सय र बढीमा ३२ सय सम्म सवारी साधनहरु मसिक कारवाहीमा परेका छन् । तर दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक वर्षको जेठ मसान्त सम्म १३० जना मानिसको मृत्यु भएको छ । ४८५ पटक दुर्घटना हुँदा ७३८ वटा सवारी दुर्घटनामा परेका हुन् । दुर्घटनामा बढी मोटरसाइकल नै परेका छन् ।
अन्य सवारी साधन कम्तिमा ६ र बढीमा १ सय को हाराहारी हुँदा मोटरसाइकल भने ३७० वटा दुर्घटनामा परेका हुन् ।