• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, जेठ ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

लोकप्रिय समाचार

  • १. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २. केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३. पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४. कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ५. नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६. सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ७. फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ८. काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ९. आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

बुधबारदेखि उद्धार उडान समेत रोक्ने घोषणा, मारमा यात्रु


काठमाडौं : विमानहरुको रात्रिकालीन पार्किङ विवादले  बुधबारदेखि अन्तरिक उडान अवरुद्ध हुने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि उद्धार र आपतकालीनसहित सबै प्रकारका उडान रोक्ने घोषणा गरेको हो । यसले हजारौं हवाई यात्रु प्रभावित हुने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षालाई थप सुदृढीकरण गर्ने भन्दै असार ७ गतेदेखि आन्तरिक उडान गर्ने हेलिकप्टर र विमानलाई उडान अनुमतिपत्रले तोकेको विमानस्थलमै राख्नुपर्ने गरी सर्कुलन जारी गरेको थियो । दुई दिनको समय दिएर धेरै वायुयानलाई उपत्यका बाहिर रात्री विसान गर्न जानुपर्ने व्यवस्था गरेपछि वायुसेवा सञ्चालकहरु आन्दोलित भएका हुन् ।

 

नागरिक उड्डयन प्राधिकरणले दमनकारी नीति लिएकाकाले विरोध गर्नु आफूहरुको बाध्यता भएको संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापा बताउँछन् । ‘हामी ३९/४० अर्बको पोर्टफोलियो भएका वायुसेवा कम्पनी हौं, राज्यलाई करोडौं कर तिर्छौं । तर प्राधिकरणले दमनकारी नीति ल्यायो, हामीलाई ट्रक व्यवसायी जस्तै व्यवहार गर्‍यो,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

 

 

नागरिक उड्डयन प्राधिकरणले हड्तालमा गए कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार नै आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक प्रदीप अधिकारीले भने, ‘यो सेवा हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने नभुल्नू ।’

तर मंगलबार साँझसम्म यो विवाद सल्टिएको छैन । वायुसेवा कम्पनीहरुले यसअघि विक्री गरेका टिकटहरु रद्द गरिएको सूचना निकालेको छ भने नयाँ बुकिङ पनि लिएको छैन ।

सरकारी तथ्यांकअनुसार आन्तरिकतर्फ दैनिक १५ हजारसम्म यात्रुको यात्रा गर्ने गरेका छन् । भोलि बुधबारदेखि उडान बन्द हुँदा वैदेशिक रोजगारीमा जानेदेखि उपचारका लागि आपतकालीन अवस्थामा यात्रा गर्नुपर्ने यात्रुसम्म मारमा पर्ने भएका छन् ।

किन उपत्यका बाहिर पार्किङ ?

नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलको पार्किङ क्षमता १७ वटा जहाजका लागि हो । तर अहिले ५२ वटा जहाज पार्किङ गर्ने भइरहेको छ । आन्तरिक वायुसेवा कम्पनीले काठमाडौं केन्द्रित उडान गर्दा होल्ड, डिलेदेखि टर्मिनल भवनमा भिडभाड भएको जस्ता समस्या देखिएको थियो । यसलाई समाधान गर्न भदै प्राधिकरणले ११ वैशाख २०७९ मा अध्ययन कार्यदल बनायो ।

कार्यदलमा प्राधिकरणको तर्फबाट त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरसहित ७ जना र वायुसेवा कम्पनीका तर्फबाट बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमाल, श्री एयरलाइन्सका प्रवन्ध निर्देशक सुधिर मित्तलसहितका प्रतिनिधि थिए ।

 

प्राधिकरणका अनुसार कार्यदलले उडान अनुमति दिँदा सम्बन्धित विमानको आधार विमानस्थल ( जहाँबाट विहान पहिलो उडान हुन्छ)मै रात्रीकालीन विसान (पार्किङ) गर्ने व्यवस्था गर्नुपर्ने सिफारिस गर्‍यो । त्यही आधारमा ५ असारमा सर्कुलर जारी गर्दै हेलिकप्टर कम्पनीले असार ७ गतेदेखि तोकिएको आधार विमानस्थलमा रात्री विसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नपर्ने बतायो । हवाइजहाज सञ्चालक कम्पनीहरुले भने १३ असारदेखि तोकिएको आधार विमानस्थलमा रात्री बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने सर्कुलर थियो ।

यो सर्कुलरका कारण ३५ वटा जहाजलाई रात्रीकालीन विसानका लागि उपत्यका बाहिर जानुपर्ने भयो ।

कुन कम्पनीका कति विमानको आधार विमानस्थल कहाँ छ ?

वायुसेवा कम्पनी                ठूला जहाज                                                                            साना जहाज
                                      काठमाडौं वेस              मोफसल                                               काठमाडौं वेस             मोफसल
बुद्ध एयर                              ५                               ९                                                              १                          १

श्री एयरलाइन्स                       २                               ६

यती एयरलाइन्स                     २                               ३

सौर्य एयरलाइन्स                    १                                २

समिट एयर                                                                                                                              १                        ३

तारा एयर                                                                                                                                १                        २

सीता एयर                                                                                                                                १                        ३

गुण एयरलाइन्स                                                                                                                        २                        ५

नेपाल एयरलाइन्स                                                                                                                     १                        १

कुल                                   १०                               २०                                                                ७                        १५

वायुसेवा कम्पनीहरुको विरोध गरे । क्षेत्रीय विमानस्थलहरुमा मर्मत सम्भार तथा चेकजाँच गर्ने सुविधा नरहेको र भौतिक सुविधा पनि पर्याप्त नभएकाले तत्काल रात्री बिसान बाहिर गर्न नसक्ने वायुसेवा कम्पनीहरुको तर्क थियो ।

तर, नागरिक उड्डयन प्राधिकरणले मंगलबारै काठमाडौंमा विश्राम गरेका केही कम्पनीको उडान रोकेपछि वायुसेवा कम्पनी सञ्चालकहरु आक्रोशित बने र उडान रोक्न घोषणा गरे । प्राधिकरणले अकस्मात नियम लाद्न खोजेका कारण वायुसेवा कम्पनीहरु अपि्रय निर्णय लिन बाध्य भएको अध्यक्ष थापा बताउँछन् ।

नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक अधिकारी भने आफूहरुले नयाँ नियम एक्कासी नल्याएको दाबी गर्छन् । उनले वायुसेवा अत्यावश्यकीय सेवा भएकाले हड्ताल भएमा कारवाही गरिने स्पष्ट गरेका छन् । कार्यदलको प्रतिवेदनकै आधारमा वेस उपत्यका बाहिर सार्न खोजेको भन्दै उनले भने, ‘आज नगरे भोलि गर्नैपर्छ । यो हवाइ सुरक्षा, यात्रुको सुविधा र वायुसेवा कम्पनीको हितकै लागि भएको हो ।’

विज्ञप्ति सेमत निकाले प्राधिकरणले गैरकानुनी कार्य नगर्न र वार्तामार्फत निकास खोज्न अनुरोध गरेको छ ।

  • उद्धार उडान
  • घोषणा
  • बुधबार
  • रोक्ने
मङ्गलबार, असार ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन
कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय

  • १.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ५.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

भर्खरै

  • १.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ७.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ८.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.