×
सोमबार, असार १६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

देशभर मनसुनी वायुको प्रभावः यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

आज मिति २०८२ साल असार १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

प्रधानमन्त्री ओली आज स्पेन जाँदै

आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

लोकप्रिय समाचार

  • १. सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • २. २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ३. एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ४. उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • ५. देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ६. गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

  • ७. आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ८. शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

  • ९. तनहुँ बाढी पहिरोको उच्च जोखिममा

  • १०. प्रधानमन्त्री ओली आज स्पेन जाँदै

बागलुङका एक युवकको दलित हुनुको पीडा: प्रेम गर्दा बलात्कारको मुद्दा


बाग्लुङ्गका एक युवकले कथित उपल्लो जातको केटीसँग माया प्रेम गर्नुको पीडा दलित हुनुकै कारणले भोगिरहेका छ्न। बागलुङको बडिगाड गाउँपालिका-८, रनसिङ्ग किटेनी नेटाखर्क निवासी १९ वर्षीय सुनिल सुनारले त्यस्तो पीडा र कथित उपल्लो जातको ज्यादती भोगेका हुन।

उनी र सोही पालिका वडा नम्बर ४, जलजला निवासी रुद्र बहादुर दर्लामी मगरकी १७ वर्षीया छोरी होमकली रेश्मी मगरले सोही स्थानको लुङ्गा माध्यामिक विद्यालयमा क्रमशः कक्षा ११ र १० पढ्दै आएका थिए। सोही क्रममा उनीहरु बीच गहिरो माया प्रेम बसे पछि धेरै पटकसगै बसेको देखेर स्वयम् सुनारका बाबु आमाले पटक पटक तर्काउने प्रयास गरेका थिए।

तर केटीले मान्दै नमानेपछि सुनिलले शिवरात्रीको दुई दिन पछाडी होमकलीलाई घरमा ल्याएकावारले खोज तलास गरेपछि खारा प्रहरी चौकिमा उनीहरुलाई छलफल गराएका थिए । छलफलपछि परिवारले होमकलीलाई बुझेर लगेका थिए ।प्रहरी चौकीमै आमा बाबुको साथ लागेर लगेकी छोरी भोलीपल्टै भागेर सुनिललाई नछाड्ने भन्दै आइन । सुनिलका हजुरबुबा चन्द्र बहादुर सुनार भन्छ्न, हामीले घरमा आउनबाट रोक्न बीच बाटोमै रातभरी रोकेर फेरि उनका परिवारलाई बुझायौ ।

सुनिल विना बाँच्न सक्दिन, उ सँग छुटाउने हो भने झुन्डिएर मर्छु भन्दै सुनिलसँगै बसे पछि तीन दिनपछि प्रहरी आएर दुवैलाई पक्राउ गरी लगेको थियो ।गोठमा राखेर चोख्याउने प्रयासदुई तीन चोटी दलित युवकसँग जाँदै फर्काउँदै गरे पछि होमकलीलाई उनका बाबु आमाले गोठमा बसाल्ने त्यही खाना खुवाउने गर्दै स्वजातीय अकैकेटासँग विवाह गराउन खोजेपछि होमकली भागेर सुनिलको घरमा आएको उनले बताइएकी थिइन् ।

उता उमेर नपुगेकी छोरीलाई लगेकोमा मुलुकी आचार संहिता २०४७ अनुसार बलात्कारको मुद्दा सुनिलविरुद्ध दिने बाबुले अर्को व्यक्तिसँग सोही उमेरमा विवाह गराउन खोज्नु पनि छानबिन हुनु पर्ने स्थानीयको माग छ । श्रोतका अनुसार होमकलीका बाबुले सिधै सरकारी वकिल कहाँ पुगेर सुनिलविरुद्ध छोरीको अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको जाहेरी बाग्लुङ जिल्ला प्रहरी कार्यालयमा दिएका छ्न ।

त्यहाँका जिल्ला प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवालीले सरकारी वकिलको कार्यालयबाट त्यस्तो जाहेरी परेपछि आफुहरुले ती दुवैलाई नियन्त्रणमा लिइ मुद्दा अगाडी बढेको बताए ।

निर्दोष सुनिलका बाबु बृखमान सुनारलाई पनि प्रहरीले समातेर लग्यो भन्ने गुनासो छ नि ? भन्ने प्रश्नमा एसपी ज्ञवालीले भने– शरीर बन्धक मुद्दामा बाबुलाई पनि जोडिएको हुन सक्ने भएर बोलाइएको हुन सक्छ के रहेछ म बुझौला । यता बडिगाड गाउँपालिका ४ का वडाध्यक्ष मिलन रेश्मीले आधिकारिक रूपमा वडामा छलफलको विषय त्यो नबनाइए पनि आफुलाई केही कुरा जानकारी भएको बताए । यो गाउँमा जात मिले, अभिभावकको मन मिले बालविवाह पनि भएको पाइन्छ तर उनीहरु बीच त्यो नमिलेका कारण मुद्दा अगाडी बढेको होला भन्ने मेरो बुझाइ छ ।

अर्को कुरा यस अघि दुई चोटीसम्म उसै केटासँग छुटाएर ल्याए पछि त्यो केटाले धम्की दिएको भन्ने गुनासोले पनि सुनिन्थ्यो, त्यही कारणले पनि माइतीजनमा आक्रोश बढेको होला । वडाध्यक्ष रेश्मीले त्यो उमेरमा कानुनतः विवाहको कुरा कसैले निकाल्न नहुने हुँदा उमेर पुगेपछि विवाह गरून् वा छुटुन त्यो सर्तमा अभिभावकको जिम्मा लगाई दिए राम्रो हुने सुझाव दिए।

उता होमकलीका बाबु रुद्र बहादुर रेश्मीले छोरीलाई महिनौदेखि सम्पर्क विहिन बनाएर बेपत्ता पारे पछि आफुले खोज तलासका लागि उजुरी दिएको बताए । केटाले नाबालिका छोरी भगाएर लग्यो । पछि फर्काएर ल्याई छोरीलाई घरमा राम्रोसँग राखिएको थियो । तर छोरीको फोन खोसिएको थियो । फेरी केटाले चिठी लेख्ने, खबर पठाउने, फकाउने गरेर फेरि भगायो । त्यसपछि चैत्र २८ गते देखि छोरी बेपत्ता भई । अनि मैले बैशाख १६ गते बाग्लुङ्ग आएर उजुरी दिएको हुँ।

छोरीले आमाको मोबाईलमा हामी रुकुमको कमेरे भन्ने ठाउँमा छ्म । किन मुद्दा दिएको ? फिर्ता गर्नुस भनेर म्यासेज लेखेर पठाएकी हो । ‘हामीलाई त्यो केटाले मार्ने काट्ने धम्की दिदै आएको छ। म कराते खेलेको मान्छे हुँ, मेरी श्रीमतिलाई छुटाउन खोज्नेलाई खुकुरीले काट्छु,’ लगायतका धम्की दिएपछि आफुँहरुले ज्यानको सुरक्षाको लागि पनि मुद्दा दिएको हो। प्रहरी प्रशासनले छोरी बुझ्न आउनुस भनेर बोलाए पछि आफुले हिजो साझ देखि छोरी बुझेको र आज मेडिकल गराउन थालेको बताए।

ओझेलका खबर बाट

सोमबार, असार ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८२ साल असार १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल
सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !
गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न
शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
प्रधानमन्त्री ओली आज स्पेन जाँदै

लोकप्रिय

  • १.
    सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • २.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ३.
    एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ४.
    उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • ५.
    देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ६.
    गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

भर्खरै

  • १.
    देशभर मनसुनी वायुको प्रभावः यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

  • २.
    आज मिति २०८२ साल असार १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • ४.
    गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

  • ५.
    शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

  • ६.
    देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ७.
    प्रधानमन्त्री ओली आज स्पेन जाँदै

  • ८.
    आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.