×
आइतबार, असार १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

प्रधानमन्त्री ओली आज स्पेन जाँदै

आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

तनहुँ बाढी पहिरोको उच्च जोखिममा

२०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

लोकप्रिय समाचार

  • १. सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • २. आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ३. २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ४. काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ५. एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ६. उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • ७. देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ८. गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

  • ९. आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • १०. शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

बाघले भरियो खोर


चितवन, ५ असार ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन् । थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका बाघलाई छोड्नु वा अन्यत्र पठाउनुको विकल्प निकुञ्जसँग छैन ।

निकुञ्जको मुख्य कार्यालय कसरामा दुईवटा खोरमा बाघ छन् । तीमध्ये एउटा बाँकेबाट ल्याइएको झण्डै आठ वर्षको भाले बाघ हो । दोस्रो निकुञ्जकै देवनगर वेलसहर सामुदायिक वनमा दुई वर्षअघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ हो ।

निकुञ्जको वन्यजन्तु अस्पताल सौराहामा यही वैशाख २७ गते राप्तीबाट नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ । निकुञ्जका अनुसार भरतपुरको राधाकृष्ण सामुदायिक वनमा गएको बिहीबार नियन्त्रणमा लिइएको अन्दाजी सात वर्षको भाले बाघ वन्यजन्तु अस्पतालको खोरमा राखिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार कसरामा दुईवटा बाघ अट्ने गरी एउटा खोर बन्दै छ । झण्डै एक महिनामा सक्ने गरी काम भइरहेको उनले जानकारी दिए। कसरामा रहेका दुई खोरमध्ये एउटा कच्ची खोर हो भने एउटा पक्की हो ।

कच्चीलाई पनि मर्मत गरेर तयारी अवस्थामा राखिँदै छ । हाल सो खोरमा बाघ रहेकाले छोडेपछि वा नयाँमा सारेपछि खोरको मर्मत गरिने छ । आचार्यले भने, “तत्काल बाघ नियन्त्रण गर्नुपर्ने भएमा हामीसँग ठाउँ छैन । भइरहेकालाई अवस्था हेरेर छोड्नुको विकल्प छैन ।” यसवर्ष धेरै बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आएको उनले जानकारी दिए ।

चालू आर्थिक वर्षमा हालसम्म बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ । जसमध्ये एक जना कर्मचारीको निकुञ्जभित्र मृत्यु भएको हो । दुई जनाको दाउन्नेको जङ्गलमा र १३ जनाको मध्यवर्ती वन क्षेत्रमा बाघले खाएर मृत्यु भएको हो । उनका अनुसार साउनयता चार वटा बाघलाई नियन्त्रणमा लिइएर खोरमा राखिएको थियो । तीमध्ये एउटा छोडेपछि मरेको छ भने अर्को एउटालाई छोडेर अनुगमन गरिँदै आएको छ । बाघको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको यो हालसम्मको उच्चदर हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो ।

बाघको सङ्ख्या बढेका कारण बाघ धेरै देखिएको र घटना भएको अनुमान गरिएको छ । सन् २०१८ मा गरिएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए । त्यतिबेला देशभरको सङ्ख्या २३५ रहेको थियो । यस वर्ष बाघ गणना भइसकेको छ । विश्व बाघ दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गरिँदै छ ।रासस

आइतबार, असार ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !
गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न
शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
प्रधानमन्त्री ओली आज स्पेन जाँदै
एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

लोकप्रिय

  • १.
    सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • २.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ३.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ४.
    काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ५.
    एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ६.
    उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

भर्खरै

  • १.
    सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • २.
    गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

  • ३.
    शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

  • ४.
    देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ५.
    प्रधानमन्त्री ओली आज स्पेन जाँदै

  • ६.
    आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ८.
    तनहुँ बाढी पहिरोको उच्च जोखिममा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.