दुर्गा प्रसाईंलाई दुबईका राजकुमारले दिए सुनको लौरो उपहार
शनिबार ३ दिने भ्रमणमा नेपाल आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सुनको लौरो उपहार दिएका छन् । श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत झापाको चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारले प्रसाईलाई सुनको लौरो हस्तान्तरण गरेका हुन्।
राजकुमार मोक्तुमलाई विमानस्थलमा प्रसाईंले स्वागत गरेका थिए। बिर्तामोडमा रहेको बिएण्डसी तथा पूर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका लागि पुगेका राजकुमार झापमा २ दिन बस्ने कार्यक्रम रहेको बताइएको छ ।
उनले काठमाडौं र पोखराका विभिन्न स्थानको भ्रमण गर्ने समेत जनाइएको छ । राजकुमार मोक्तुम एमाले केन्द्रीय सदस्य समेत रहेका प्रसाईंको निमन्त्रणमा नेपाल भ्रमणमा आएका हुन् ।
दुर्गा प्रसाईंलाई दुबईका राजकुमारले दिए सुनको लौरो उपहार