काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनीमा भासिएको सडकको दुवैतर्फ ४/५ किलोमिटरसम्म जाम भएको छ ।
सडक विभागले दुई वटा डोजर लगाएर बाटो खुलाउने प्रयास गरिरहे पनि पैदल यात्रुसमेत पास हुने सक्ने अवस्था नरहेको नेपाल प्रेसकर्मी दिनेश थापाले जानकारी दिए।
‘डोजरले भिर काटेर सडक खोल्ने प्रयास गरिरहेको छ। बिहानैदेखि पैदल यात्रुसमेत छिर्न पाएका छैनन्’, पोखराबाट काठमाडौं आउने क्रममा आइतबार बिहानैदेखि जाममा परेका थापाले भने ।
जाममा मोटरसाइकल, यात्रुवाहक साधन र मालवाहक साधन बसै परेका छन् । सडक विभागले सवारी सञ्चालन सुचारु गर्ने तयारी गरिरहेको छ ।
यसअघि शुक्रवार पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनबाट पोखरातर्फ करिब चार किलोमिटर अगाडिको खण्डमा सडकको झन्डै आधा भाग नै भासिएको थियो ।
भासिएको स्थानबाट दुई वटा शव पनि उद्धारकर्मीले निकालेका छन् ।
आँबुखैरेनी गाउँपालिका—४ पावरहाउस नजिक सडक भासिदा शुक्रबार साँझ ७ बजेबाट बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएकोमा आजदेखि सबै सवारी साधन सञ्चालन गर्न पाइने भएको छ ।