• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, फागुन ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

  • १. पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • २. पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ३. लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ४. चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

जहाँ नदी तर्न ५० रुपियाँ शुल्क तिर्नुपर्ने बाध्यता छ

रौतहट  : निर्माण कम्पनीको लापरवाहीको कारण पक्की पुल निर्माणकार्य समयमा सम्पन्न नहुँदा रौतहटमा नदी तर्न शुल्क तिर्नुपर्ने बाध्यता छ । जिल्ला सदरमुकाम गौर र इशनाथ नगरपालिका जोड्ने टुकुलियाघाटको पुल नबनेपछि सर्वसाधारणले शुल्क तिरेर बाँसको अस्थायी पुल र डुङ्गा प्रयोग गर्न बाध्य छन् ।

वर्षायाममा चल्ने डुङ्गा चढ्दा वा अन्य समयमा बाँसको अस्थायी पुल प्रयोग गर्दा सर्वसाधारणले ठूलो जोखिम बहन गरेका छन् । २०७५ भदौ ९ मा सोही स्थानमा डुङ्गा दुर्घटना हुँदा ५ जना स्थानीय डुबेर मरेका थिए । हाल उक्त नदी पार गर्न नदीको दुई किनारमा एक÷एक वटा डुङ्गा राखी डुङ्गामाथि बनाइएको फल्याक र बाँसको अस्थायी पुल पनि जोखिमयुक्त छ ।

पुल भएर आवतजावत गर्दा पैदलयात्रीले १०, साइकल यात्रीले २० देखि २५ र मोटरसाइकल यात्रीले ५० रुपियाँ शुल्क तिर्नुपर्ने बाध्यता रहेको इशनाथ नगरपालिका–५ का राहुल साहले बताउनुभयो । उहाँका अनुसार डुङ्गा प्रयोग गर्दा पनि सोही बमोजिमको शुल्क तिर्छन् सर्वसाधारणले ।

पुल तर्ने सर्वसाधारणसँग शुल्क लिएका व्यक्तिले बाँसको पुल मर्मत गर्न र रेखदेख गर्न खर्च लाग्ने भएकाले पैसा उठाउनुपरेको प्रतिक्रिया दिनुभयो । यसरी पुल तरेवापत उठाइएको रकमको बारे इशनाथ नगरपालिका बेखबर रहेको पालिका प्रवक्ता अर्जुन सिंह बताउनुहुन्छ ।

आठ वर्षअघि पुल निर्माणको जिम्मा पाएको पप्पु कन्स्ट्रक्सन्ले हालसम्म आधा काम पनि सम्पन्न नगरेको डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दारोगाप्रसाद बताउनुहुन्छ । उहाँका अनुसार पप्पु कन्स्ट्रक्सन्ले १४ करोड ९३ लाख रुपियाँमा ठेक्का सकार गरेको लालबकैया टिकुलिया पुल सम्झौताअनुसार २०७४ असार २५ गतेसम्ममा निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्नेमा ४ वर्षमा पनि ५० प्रतिशत मात्र काम हुँदा सो कन्स्ट्रक्सन् कारवाहीमा परेको छ ।

जोखिमपूर्ण बाँसको अस्थायी पुल र डुङ्गा यात्रीको समस्यालाई दृष्टिगत गरी टिकुलियाघाटको पुल निर्माणलाई तीव्रता दिन सम्बन्धित निकायलाई घचघच्याउने काम भइरहेको गौर नगरपालिकाका प्रमुख शम्भु साहले बताउनुभयो ।

  • ५० रुपियाँ
  • नदी तर्न
  • शुल्क तिर्नुपर्ने बाध्यता
आइतबार, जेठ २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

  • १.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • २.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ३.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ४.

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.