काठमाडौं : नुवाकोटमा एक जना पुरूष विद्युतको तारमा झुन्डिएका छन्। ककनी गाउँपालिका-७ मा रहेको पोलमा एक पुरूष विद्युतीय पोलमा चढेका हुन् ।
उनी बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक हुन् । यो घटनाले प्रहरी हैरानीमा परेको छ । उनी तारमा पनि हिड्ने गरिरहेका छन् ।
प्रहरीले उनलाई फकाएर तारबाट तल झर्न आग्रह गरिरहेको छ । तर उनी झर्न मानेका छैनन् । प्रहरीका अनुसार विक मानसिक सन्तुलन गुमेका व्यक्ति हुन् ।