• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असोज ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

आँवुखैरेनी भासिएको सडक : ‘सडकमुनि लडेको देखेकी थिइन्, श्रीमान् भन्ने थाहै भएन’


तनहुँ : तनहुँको आँबुखैरेनीमा इलेक्ट्रोनिक पसल चलाउँदै आएका केशव घिमिरे शुक्रबार बिहान झिसमिसेमै नारायणघाट मुग्लिन सडकखण्डमा जाममा परेकी श्रीमती विष्णुमाया लामिछानेलाई लिन भनेर घरबाट निस्किएका थिए ।

छोरासहित चितवनको माइतीघर गएकी लामिछाने घर फर्कने क्रममा जाममा परेकी थिइन् । त्यसैले उनले श्रीमानलाई लिन बोलाएकी थिइन् ।

 

बिहानीपख जाम खुल्यो, उनी माइक्रोमा चढेर आँबुखैरेनीतिर लागिन् । आँबुखैरेनीमा रहेका उनका श्रीमान केशव मोटरसाइकलमा मुग्लिनतिर।

मुग्लिन कटेर आँबुखैरेनीतिर अघि बढ्दै गर्दा साँखरमा लामिछानेले सडकमुनि एक जना मान्छे लडेको अवस्थामा देखिन् । उनले आफू चढेको माइक्रोका चालक र यात्रुलाई त्यो कुरा सुनाइन् पनि । तर कसैले चासो दिएनन् । माइक्रो सरासर आँबुखैरेनीतिर अघि बढ्यो । उनी घर पुगिन् ।

 

घरमा श्रीमान् हुने कुरै भएन, उनी श्रीमती लिन मुग्लिनतिर लागेका थिए । तर मुग्लिन पुगेका थिएनन् । उनका श्रीमान केशव साँखरमा दुर्घटनामा परेका थिए । जसलाई लामिछानेले देखेकी थिइन् र सहयात्रीहरुलाई सुनाएकी पनि ।

तर दुर्भाग्य, जहाँ केशव दुर्घटनामा परेर लडिरहेका थिए । त्यो ठाउँ नै बिहान ४ बजेर ५० मिनेटको आसपासमा पहिरोसहित नदीमा खस्यो, केशवपहिरोसँगै । घर पुगेकी लामिछानेले पछि मात्र साँखरमा पहिरोले सडक भत्कायो भन्ने थाहा पाइन् ।

‘दिदी र भाञ्जालाई लिन बिहानै जाँदा भीरमा खस्नुभएको रहेछ,’ निशान लामिछानेले भने, ‘दिदीले उताबाट आउँदा त्यहाँ मान्छे खसेको छ पनि भन्नुभएको रे । तर दुर्भाग्य आफ्नै श्रीमान रहेको थाहा नै भएन ।’

पहिरोस्थलबाट केशवसँगै मकवानपुरको हेटौंडाका ३३ वर्षीय यमबहादुर भुजेलको शव निकालेको तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । शव भेटिए पनि केशव चढेको ग १५ प २९५३ नम्बरको मोटरसाइकल अझै फेला पार्न सकेको छैन ।


                                                 पहिरोमा परेका केशवको शवलाई निकाल्दै उद्धारकर्ता ।

भुजेल भने पहिरोमा नै पुरिएको बा १० च ४६७९ नम्बरको कारका चालक रहेको प्रहरीले जनाएको छ । भुजेलका भाइ विनोदका अनुसार उनी हेटौंडाबाट गोरखाका लागि यात्रु लिएर हिँडेका थिए । गोरखामा यात्रु छाडेर फर्कने क्रममा उनी पहिरोमा परेको प्रहरीले जनाएको छ ।

कारको नम्बर प्लेट र गाडीका केही टुक्रा भेटिए पनि पूरै कार भेटिएको छैन ।

पहिरोमा परेर बा ३३ प १०८१ नम्बरको मोटरसाइकल वेपत्ता भएको छ । तर मोटरसाइकलमा सवार व्यक्ति भने सकुशल रहेको खुलेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

सडक आंशिक खुल्ला

पहिरोले मुख्य सडक नै बगाएपछि भित्तो खारेर बाटो निकालिएको छ । जहाँबाट साना सवारी साधन ओहोरदोहोर गरे पनि ठूला र मालवहाक गाडी सञ्चालनका लाग ४–५ दिन नै लाग्ने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जनाए ।

दिउँसो साना गाडी चले पनि रातिको समयका लागि भने सडक पूर्ण रुपमा बन्द गरिएको छ । सडक डिभिजन कार्यालय दमौलीका प्रमुख लक्ष्मी केसीका अनुसार रातिको समयमा जोखिम भएकाले साना गाडी पनि बन्द गरिएको हो । तर अलपत्र सर्वसाधारणलाई पैदल हुँदै वारपार गर्न भने दिइने छ ।

onlinekhabar

  • आँवुखैरेनी
  • भासिएको सडक
शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.