• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, माघ ०९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

गठबन्धन प्रभावकारी नहुँदा र अन्तर्घातले १२० सिट गुम्यो : कांग्रेस


काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको कांग्रेसले गठबन्धन प्रभावकारी नहुँदा र पार्टीभित्रको अन्तर्घातले १२० सिट कम आएको ठहर गरेको छ ।

 

स्थानीय तहको निर्वाचनको अनुमगन, मूल्यांकन तथा सुपरीवेक्षण गर्न बनेको उपसमितिका संयोजक केन्द्रीय सदस्य प्रदीप पौडेलले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै गठबन्धन प्रभावकारी नभएको बताए ।

‘तालमेल बलियो बनेको भए र पार्टी भित्रको समस्या समाधान गर्न सकेको भए ४५० स्थानमा कांग्रेसले जित्ने थियो’ उनले भने । गठबन्धनमा रहेका दलहरुले निर्वाचन पश्चात प्राप्त मत परिणाममा असन्तुष्टि जनाएकाले संघ र प्रदेशमा तालमेलको हुनेमा आशंका रहेको पौडेलको भनाइ छ ।

 

तालमेल प्रभावकारी हुन नसकेका स्थान र अन्तर्घात कहाँ कहाँ भएको भन्ने विषयमा बिहीबार सार्वजनिक प्रतिवेदनमा खुलाइएको छैन । यो विषय समेटेर उपसभापति पूर्णबहादुर खड्कालाई छुट्टै प्रतिवदेन बुझाइएको छ । अन्तर्घातका कारण र आन्तरिक समस्या समाधान गर्ने विधि समेत उल्लेख गरी मूल प्रतिवेदन खड्कालाई बुझाइएको केन्द्रीय सदस्य पौडेलले जानकारी दिए ।

७५३ पालिकामध्ये सत्तारुढ दलहरुबीच ३२४ वटामा तालमेल भएको कांग्रेसले जनाएको छ । यीमध्ये २०९ वटामा कांग्रेसले प्रमुख पदको उम्मेदवार पाएको थियो, जसमध्ये १२८ वटा जितेको छ । तालमेल भएका स्थानीय तहमध्ये प्रमुखमा ६१ प्रतिशत र उपप्रमुखमा ७४ प्रतिशत निर्वाचित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अन्य दलसँगको सहकार्य गर्नुको कारणबारे मतदातालाई बुझाउन आवश्यक देखिएको उपसमितिले प्रतिवेदनमा उल्लेख गरेको छ । पार्टीको राजनीतिक र चुनावी एजेण्डा कार्यकर्तामा प्रभावकारी रुपमा पुग्न नसकेको उपसमितिले ठहर गरेको छ ।

टिकट वितरण क्रममा विधानको पालना नगरिएको पनि उपसमितिले प्रतिवेदनमा उल्लेख छ । टिकट वितरण गर्दा स्वच्छ छवि, उर्जाशीलता, लोकप्रिय व्यक्ति र आन्तरिक सर्वेक्षण जस्ता विजयलाई मानक बनाउन उपसमितिले सुझाव दिएको छ ।

कांग्रेसले देशभरका १० जिल्लामा भने चुनावी परिणाम निराशाजनक रहेको निश्कर्ष निकालेको छ । दार्चुला र पूर्वी रुकुममा कांग्रेसले कुनै पनि पालिकामा जित निकाल्न सकेन । त्यस्तै मुस्ताङ, डोल्पा, सिरहा, महोत्तरी, गोरखा, रोल्पा, कालीकोट र कैलालीमा तालमेल प्रभावकारी नहुदा र आन्तरिक कारणले पराजय भोग्नुपरेको प्रतिवेदनमा उल्लेख छ ।

कांग्रेसले डोटी, पाँचथर, बाँके, पर्वत, डडेलधुरा, अछाम, ललितपुर, काठमाडौं, सोलुखुम्बु र ओखलढुङ्गामा भने सन्तोषजनक नतिजा ल्याएको उल्लेख गरेको छ ।

कांग्रेसले तालमेल नगरी प्रमुख वा अध्यक्षमा उम्मेदवारी दिएका ४२३ पालिकामध्ये २१० वटामामा जित निकालेको छ । प्रमुख र अध्यक्ष गरी ४७.५ प्रतिशतले जित निकालेको कांग्रेसले जनाएको छ ।

अघिल्लो पटक जितेका कांग्रेसका १४० जना यसपटक दोहोरिएका छन् । २०७४ मा जितेको १२५ पालिकाको नेतृत्व भने कांग्रेसले यसपटक गुमाएको छ । अघिल्लोपटक कांग्रेस पराजित भएको १८९ पालिकामा यसपटक कांग्रेस उम्मेदवार निर्वाचित भएका छन् । यसपटकको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा २ हजार ६६५ जना निर्वाचित भएका छन् ।

हेर्नुस् प्रतिवेदन

  • गठबन्धन अप्रभावकारी
शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.