चितवन : चितवनको भरतपुरमा निहुरो टिप्न जादा वाघको आक्रमणमा परि वेपत्ता महिला मृत फेला परेकी छन् ।
महानगरपालिका-२३ जगतपुर घैलाघारी सामुदायिक वनमा निहुरो टिप्न गएका चार जना महिलाहरुलाइ मंगलवार दिउँसो बाघले आक्रमण गर्दा एक महिला वेपत्ता भएकि थिइन् ।
जिल्ला चितवन प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार बाघको आक्रमणबाट बेपत्ता बनेकी मंगली बोटेको मृत फेला परेकी हुन् । उनीसँग गएका अन्य तीन जना भने सकुशल छन् ।
उनको शव भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । बाघको आक्रमणका परेकी बोटेको चारवटा हात्ती प्रयोग गरेर खोजी गरिएको थियो ।
पछिल्लो समयमा निकुञ्जका मध्यवर्ती तथा सामुदायिक वन क्षेत्रमा बाघको आक्रमणबाट ज्यान गुमाउनको संख्या बढ्दै गएको छ ।