• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ८. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ९. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • १०. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

रुपन्देही बस दुर्घटना : छोरीलाई अष्ट्रेलिया पठाउन पाइनन् तुल्सीले


आइतबार बिहान तिलोत्तमा नगरपालिका-८ का १४ वर्षीय आरभ बस्याल भैरहवास्थित भीम अस्पतालबाहिर सुकसुकाइरहेका थिए। सानिमाले अंगालोमा राखेर उनलाई सम्हालिरहेकी थिइन्। अस्पतालभित्र आरभकी आमा ३७ वर्षीया तुल्सी बस्यालको पोष्टमर्टम भइरहेको थियो।

उच्च शिक्षा अध्ययनको लागि छोरीलाई अष्ट्रेलिया पठाउने भन्दै कागजात बनाउन काठमाडौं गएकी तुल्सी फर्किएर घर आउन पाइनन्। न त छोरीलाई अष्ट्रेलिया पठाउने उनको चाहना नै पूरा भयो।

चार दिन पहिले छोरीसँगै काठमाडौं गएकी तुल्सी शनिबार साँझ काठमाडौंबाट घर आउँदै थिइन्। काठमाडौंबाट नारायणघाटसम्म अर्कै बसमा आएकी तुल्सी नारायणघाटदेखि भने जनकपुरदेखि बुटवल आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बसमा चढेकी थिइन्।

दुई जना चालक र एकजना सहचालक रहेको उक्त बस आइतबार बिहानै सवा चार बजेतिर भैरहवा परासी सडक खण्डको रोहिणी गाउँपालिका ३ र ओमसतिया गाउँपालिका ४ को सीमानामा पर्ने रोहिणी नदीको पुलबाट खस्यो।

शनिबार दिउँसो मात्रै परिवारसँग कुरा हुँदा छोरीको अष्ट्रेलिया जाने काम पूरा भएपछि मात्रै घर आउन उनलाई परिवारले सुझाव दिएका थिए। तर केही दिन ढिलो हुने भएपछि उनी छोरीलाई काठमाडौं नै छोडेर शनिबार साँझ नै घर आउन बस चढेकी थिइन्।

बुटवल-११ कालिकानगरका कृष्णप्रसाद बस्याल पनि व्यावसायिक काम लिएर तीन दिन पहिले मात्रै काठमाडौं गएका थिए। कालिकानगरमै हार्डवेयर व्यवसाय गर्दै आएका बस्याल अरू समय आफ्नै गाडी लिएर हिँड्ने गर्थे। यसपटक भने सार्वजनिक बस चढेर काठमाडौं गएका उनी बस चढेर नै बुटवल फर्किँदै थिए।

नारायणगढसम्म अर्कै बसमा आएका बस्याल पनि नारायणगढदेखि सोही बसमा चढेका थिए। ४८ वर्षीय बस्यालको पनि बस दुर्घटनामा परी मृत्यु भएको छ। दुर्घटनामा परी कृष्ण बस्याल र तुल्सी बस्यालसहित ९ जनाको मृत्यु भयो।

मृत्यु हुनेहरूमा रूपन्देहीको ओमसतिया गाउँपालिका ४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा-२ योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षीय दिनेश दास र भारत जनकपुरग्राम बस्ने ४० वर्षीय अरविन्द्र शर्माको पहिचान खुलेको छ।

अन्य तीन जना मृतकको भने पहिचान खुलेको छैन। प्रहरीका अनुसार मृतक ९ मध्ये ८ जना पुरूष र १ जना महिला छन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलका अनुसार पश्चिम नेपाल बस व्यवसायी प्रालि मातहत रहेको उक्त बसमा चालक र सहचालकसहित ३३ जना सवार थिए।

तीमध्ये ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते छन्। २५ जना पुरूष, ६ जना महिला र दुई बालिकामध्ये ८ जना पुरूष र १ जना महिलाको मृत्यु भएको छ भने घाइते सबैको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ।

यसअघि भीम अस्पतालमा उपचाररत घाइतेहरूलाई पनि अहिले मेडिकल कलेज लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ।

मेडिकल कलेज र भीम अस्पताल परिसरमा बिहानैदेखि मृतक र घाइतेका आफन्तहरूको भीड लागेको छ।

मृतकका आफन्तहरूको रूवाबासीले अस्पताल परिसर स्तब्ध बनेको छ। रूपन्देहीस्थित विभिन्न राजनितिक दलका नेताहरू, स्थानीय तहका प्रतिनिधिलगायत मृतकका आफन्त अस्पतालमा पुगेका छन्।

यसअघि पनि रूपन्देहीमा बस दुर्घटनाका घटना भए पनि एउटै दुर्घटनामा यति धेरै मानवीय क्षति भएको भने यो पहिलो घटना भएको प्रहरीले जनाएको छ। बस पुल माथिबाट एकै पटक रोहिणी खोलामा बजारिएर उत्तानो परेको कारण धेरै जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटना भएको जानकारी पाउनेबित्तिकै नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थल पुगे पनि बस उत्तानो परेको कारण बसका शिशा फुटालेर घाइतेहरूको उद्धार गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले चार बजेर २७ मिनेटमा नै प्रहरी कन्ट्रोलबाट बस दुर्घटनामा परेको जानकारी पाएका थिए। भैरहवादेखि ६/७ किलोमिटरको दूरीमा रहेको घटनास्थलमा उनी पौने ५ बजेभित्रै पुगिसकेका थिए। घटनास्थल पुग्दा अधिकांश घाइतेहरू बस भित्रै सिटले च्यापिएको अवस्थामा भेटिएको कुवँरले बताए।

‘धेरैजसो घाइतेहरू बसको सिटले च्यापिएको अवस्थामा थिए, चार-पाँच वर्षका दुई जना बच्चा भने बसभित्र उभिए रोइरहेको अवस्थामा फेला पारी तत्काल बसबाट बाहिर निकालेका थियौं,’ कुँवरले भने।

उत्तानो परेको बसको केही भाग खोलाको पानीमा डुबेकाले केही घाइते भएकाहरू पानीमा डुबेको कारण पनि मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। उत्तानो परेको बसलाई तीन वटा जेसिबीको सहयोगले उठाएपछि मात्रै सबै यात्रुहरूको उद्धार सम्भव भएको थियो।

बसभित्र च्यापिएका घाइतेहरूको हारगुहार र चिच्चाहटले घटनास्थलको बिहानैको दृश्य निकै कारूणीक रहेको प्रहरी निरिक्षिक कुवँरले बताए। बसमा दुई जना चालक रहे पनि दुबैजना घाइते रहेकाले पहिलो प्रयास उनीहरूको उपचार गर्नुपर्ने भएकाले दुर्घटना कसरी हुन पुग्यो भन्ने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।

यद्यपी चालकसँग सामान्य सोधपुछको क्रममा अगाडिबाट आएको गाडीले हेडलाइट बालेको र सोही लाइटका कारण सडकको किनार नदेखिएपछि पुलबाट बस उछिट्टिएको बताएको कुँवरले जानकारी दिए।

  • रुपन्देही बस दुर्घटना
सोमबार, जेठ २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.