• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, फागुन १३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

संघ र प्रदेश चुनावबारे कांग्रेस र एमालेको एकमत, माओवादी अनिर्णित

काठमाडौं : स्थानीय तह निर्वाचनको परिमाण आएसँगै मुलुकको राजनीति संघ र प्रदेश केन्द्रीत हुन थालेको छ ।

२०७४ साल मंसिर १० र २१ गते दुई चरणमा संघ र प्रदेशको चुनाव भएको थियो । निर्वाचन आयोगले समानुपातिकसहितको अन्तिम परिणाम फागनुमा दिएपछि निर्वाचित प्रतिनिधिसभाका सांसदहरूले फागुन २० गते सपथ लिएका थिए ।

निर्वाचन मंसिरमा भएको तर सपथ फागुन २० गते भएकाले प्रतिनिधिसभाको कार्यकाल मंसिरमा सकिन्छ कि फागुनमा भन्ने बारे राजनीतिक दलहरूबीच एकमत छैन ।

सत्तारुढ पाँच दलीय गठबन्धनभित्र निर्वाचनको मिति बारे छलफल सुरु भए पनि प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर कि फागनुमा गर्ने भन्ने विवाद छ ।

सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस मंसिरभित्र चुनाव गर्नुपर्ने पक्षमा छ भने स्थानीय तह निर्वाचनको परिणामबाट असन्तुष्ट नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फागुनमा गर्नुपर्ने पक्षमा छ ।

माओवादी केन्द्रले भने मितिबारे ठोस धारणा ल्याएको छैन । सत्तारुढ गठबन्धनभित्र चुनावको मितिबारे विवाद चलिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले भने कात्तिक वा मंसिरभित्रै चुनाव हुने अभिव्यक्ति दिनुभएको छ ।

स्थानीय तह चुनावको परिणामले गठबन्धनका केही दलहरूबीच सम्बन्ध चिसो भएको र यस्तो अवस्थामा चुनावमा जाँदा नतिजा प्रतिकुल आउने भन्दै गठबन्धनका केही नेताहरूले फागुनमा चुनाव गर्नुपर्ने धारणा राखिरहेका छन् ।

तर, कतिपय नेताहरूले चुनाव भएको मिति भन्दा पनि संसद्ले काम सुरु गरेको मितिबाट अहिलेको प्रतिनिधिसभाको कार्यकाल गणना हुने तर्क गरिरहेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने मंसिरभित्र संघ र प्रदेशको निर्वाचन गर्नुपर्ने पक्षमा छ ।

संसदको कार्यकाल बारे विवाद भइरहँदा निर्वाचन आयोगले भने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको पहिलो मतपरिणाम आएर निर्वाचित सदस्यले मंसिर २२ गते प्रमाणपत्र बुझेकाले त्यसैलाई आधार मानेर पाँच वर्ष गणना हुने तर्क गरेको छ ।

मंसिर १५ अगाडि संघ र प्रदेशको निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने आयोगको तयारी छ ।

  • कांग्रेस एमाले एकमत
  • माओवादी अनिर्णित
  • राजनीति
  • संघ र प्रदेश
शनिबार, जेठ २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.