• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २. नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५. गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ६. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ८. सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ९. आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

तारा एयरको विमान दुर्घटना : मृतकका परिवारले बिमा वापतको रकम कति पाउँछन् ?


काठमाडौं : आइतबार तारा एअरको विमान मुस्ताङको थासाङमा दुर्घटना हुँदा १९ जना यात्रु र चालक दलका तीन सदस्यको ज्यान गएको छ । दुर्घटनामा मृत्यु भएका सबैको शव काठमाडौं ल्याइएको छ र पोस्टमार्टम प्रक्रियामा छ । दुर्घटनाको छानबिन गर्न पर्यटन मन्त्रालयले ५ सदस्यीय छानबिन समितिसमेत बनाएको छ ।

तारा एअरको दुर्घटनाको कारण पत्ता लगाउनका लागि सरकारले वरिष्ठ एरोनोटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमनको अध्यक्षतामा क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र पर्यटन मन्त्रालयका वुद्धिसागर लामिछाने सदस्यसचिव रहने गरी समिति बनाएको छ ।

छानबिन समितिका सदस्यसचिव वुद्धिसागर लामिछानेका अनुसार समितिले आफ्नो काम सुरु गरिसकेको छ । समितिले दुर्घटनाको अवस्था, चालक दलको अवस्था, टावरसँग भएको कुराकानी, मौसमको अवस्था ब्ल्याक बक्समा भएको कुराकानी आदि सबै कुरा समेटेर दुर्घटनाको कारण र रोकथामका उपायसहित प्रतिवेदन बुझाउने छ ।

सदस्य सचिव लामिछानेका अनुसार समितिले छिटोभन्दा छिटो काम गर्नेछ र करिब ३ महिना भित्रै प्रतिवेदन दिने छ ।

यस्तै आन्तरिक हवाई दुर्घटनामा मृत्यु भएका प्रत्येक मृतकका परिवारले प्रतिमृतक २० हजार अमेरिकी डलर पाउने कानुनी व्यवस्था रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देव चन्द्र लाल कर्णका अनुसार आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने प्रत्येक नागरिकका परिवारले प्रतिव्यक्ति २० हजार अमेरिकी डलर पाउने छन् । आजको मितिमा एक अमेरिकन डलरको सटही दर १२४ रुपैयाँ रहेको कारण प्रतिमृतक उनका परिवारले करिब २५ लाख रुपैयाँ पाउनेछन् । यो रकम विमान कम्पनीले आफ्ना यात्रुका लागि गरेको बिमावापत बिमा कम्पनीले भुक्तानी गर्नेछन् ।

यद्यपि यो रकम ज्यादै कम भएको भन्दै यसलाई संशोधन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छुट्टै कानुन बनाउन लागिरहेको मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछानेले बताउनुभयो । नेपालमा व्यावसायिक हवाई उडान सुरु भएदेखि नै यात्रुको बिमा रकम २० हजार अमेरिकी डलर थियो । नेपालमा व्यावसायिक उडान सुरु भएको ५५ वर्षदेखि नै आन्तरिक उडानमा हुने दुर्घटनाको बीमाशुल्क २० हजार अमेरिकी डलरबाट बढ्न सकेको छैन । यद्यपि अहिले अन्तर्राष्ट्रिय उडानका लागि प्रति यात्रु १ लाख डलरभन्दा बढीको बिमा हुने गरेको सहसचिव लामिछानेले बताउनुभयो । अहिले नागरिक उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (मोन्ट्रियल महासन्धि)को आधारमा बिमा रकम १ लाख डलरभन्दा बढी रहेको लामिछानेले बताउनुभयो ।

सन् २०१८ सम्म नेपालका वायुसेवामा यात्रारत यात्रुको दुर्घटनाका कारण मृत्यु भएमा वार्सा महासन्धि र हेग प्रोटोकलअनुसार २० हजार अमेरिकी डलर मात्रै दिने गरिएको थियो । नेपालले मोन्ट्रियल महासन्धिमा हस्ताक्षर गरेसँगै हाल अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुका लागि करिब १ करोड ३० लाख बराबरको बिमा हुने गरेको छ ।

  • तारा एयरको विमान
  • दुर्घटना
मङ्गलबार, जेठ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल
गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

लोकप्रिय

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ६.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • २.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ३.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ६.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

  • ७.
    प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • ८.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.