• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असार ३२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

केटी मिलाइदिने विषयमा विवाद भएपछि दुइ नावालक मिलि गरे हत्या

धरान : धरान–११ का सन्दीप लम्जेलको हत्या ‘परस्त्री’ का कारण भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

हत्यामा संलग्न पक्राउ परेका दुई जना बालकहरूको बयानका आधारमा इलाका प्रहरी कार्यालय धरानले हत्या ‘परस्त्री’ का कारण भएको जनाएको छ । इप्रका धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार मृतक लम्जेलको बदमासीका कारण नै नाबालकहरूले हत्या गरेको देखिएको छ । उनले भने, ‘केटी मिलाइदे भन्दै धाकधम्की दिँदै आएपछि नाबालकहरूले त्यहीँ रिस फेर्न हत्या गरेको देखिन्छ ।’ प्रहरीले धरान–५ का १३ वर्षीय बालक र धनकुटा साँगुरीगढी गाउँपालिकाका १७ वर्षीय बालकलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएकाहरूलाई सोमबार जिल्ला अदालत सुनसरीबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइने डिएसपी श्रेष्ठले जानकारी दिए । १३ वर्षीय बालक धरान–१५ बगरकोटको एक होटलमा श्रमिकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । सोही बालकलाई मृतक लम्जेलले ‘केटी मिलाइदे, नत्र दाँत झारिदिन्छु’ भन्दै धम्की दिएपछि बालकहरूले ‘ठीक पार्नुपर्छ’ भनी योजना बनाएको देखिएको डिएसपी श्रेष्ठले बताए ।

मृतक लम्जेललाई प्रहरीले बगरकोटस्थित एक होटलको सिसी टिभी क्यामेरामा १० बजेसम्म बसेको फेला पारेको थियो । त्यसपछि भने कता गयो भन्ने विषयमा प्रहरीले खोजी कार्य गरेपश्चात् शुक्रबार १३ वर्षीय बालक पक्राउ परेपछि उसैको बयानका आधारमा १७ वर्षीय बालकलाई नियन्त्रणमा लिइएको डिएसपी श्रेष्ठले जानकारी दिए । ‘१३ वर्षीय बालकले दिएको बयानकै आधारमा हामीले १७ वर्षीय बालकलाई साँगुरीगढीबाटै नियन्त्रणमा लिन सफल भयौँ’ उनले भने, ‘मृतकको मोटरसाइकल पनि सोही ठाउँमा फेला प¥यो ।’

केटी मिलाइदिने नाममा बालकहरूले धरान–५ को पुलमा लगेर मोटरसाइकल राखेर तीनैजना सेउतीको अर्को पक्की पुलसम्म पुगेर फर्कनेक्रममा विवाद भएपछि १७ वर्षीय बालकले मृतक लम्जेलको पेटमा धारिलो चक्कुले प्रहार गरेको प्रहरीले जनाएको छ । उक्त प्रहारपश्चात् मृतक लम्जेल करिब डेढ सय मिटरसम्म भागेका थिए । भाग्ने क्रममा बालकहरूले ढुङ्गाले पनि प्रहार गरेको बयान प्रहरीलाई दिएका छन् ।

डेढ सय मिटर भागिसकेपछि लडेपश्चात् ढाँडमा ७ पटक, छाँतीमा एक पटक र घाँटीसमेत रेटेको बयान दिएको डिएसपी श्रेष्ठले जानकारी दिए । बुधबार राति साढे ७ बजेतिर घरमा मोटरसाइकल थन्क्याइसकेका लम्जेल आधा घण्टामा आउने भन्दै हिँडेका उनी बिहीबार बिहान ५ बजेतिर मृत भेटिएका थिए ।

  • केटी विषय
  • दुइ नावालक
  • मिलि हत्या
  • विवाद भएपछि
मङ्गलबार, जेठ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.