गैँडाकोट : नवलपुरको गैँडाकोट स्थित कालिका मेडिकल एण्ड टेक्निकल ईन्स्टिच्युटका संचालक शिव काफ्ले जवरजस्ती करणीको अभियोगमा कारागार चलान भएका छन् ।२९ वर्षीय काफ्लेले गुल्मी घर भई सोही ईन्स्टिच्युटमा अध्यनरत नाबालिकालाई बिभिन्न प्रलोभन देखाई करणी गरेको भन्दै उनिमाथी मुद्धा दायर गरिएको थियो ।
जवरजस्ती करणीको अरोपमा पक्राउ परेका काफ्लेलाई जिल्ला अदालत चितवनले पुर्पक्षको लागी थुनामा कारागार पठाउने आदेश दिएको हो ।होस्टेल सञ्चालक समेत रहेका काफ्लेले आफूमाथि बलात्कार गरेको भन्दै बालिकाले प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। बालिकाको जाहेरीपछि वैशाख १९ गते प्रहरीले युवकलाई नियन्त्रणमा लिएको थियो।
आदेशमा बालिकाले २०७८ साल पुसको अन्तिमतिर सौराहाको र फागुनमा शिवघाटको रिसोर्टमा लागेर जबरजस्ती करणी गरेको पक्राउ गरी कारबाही गरिपाऊँ भनी किटानी जाहेरी दिएको र रिसोर्टका सञ्चालकले पनि उनीहरू आफ्नो रिसोर्टको कोठामा बसेको बयान दिएकाले प्रतिवादीलाई अहिले नै कसुरदार होइनन् भन्न सकिने अवस्था नदेखिएको उल्लेख छ।