• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, फागुन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

तारा एयरको जहाज दुर्घटना : प्रतिकुल मौसमका कारण दुर्घटनास्थलमा थप उद्धार टोली पठाउन कठिनाइ

काठमाडौं : प्रतिकुल मौसमका कारण तारा एयरको हजाईजहाज दुर्घटनास्थलमा उद्धार टोली पठाउन कठिनाइ भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उद्धार समन्वय केन्द्रका एक अधिकारीका अनुसार कैलाश र डाइनस्टी एयरको हेलिकोप्टरमार्फत टोली पठाउने प्रयास भए पनि सम्भव भएको छैन ।

‘त्यहाँको खोंचमा सर्भाइभल छ कि भनेर खोज्ने प्रयास भइरहेको छ तर अहिले थप टोली पठाउन सकिएको छैन’ ती अधिकारीले अनलाइनखबरसँग भने, ‘तीन पटकसम्म गरिएको प्रयास असफल भएर हेलिकोप्टर डाइभर्ट भएको छ ।’

अहिले कोभाङमा कैलाश र डाइनस्ट्री एयरको हेलिकोप्टर तैनाथ राखिएको उनले बताए । उनका अनुसार जोमसोम विमानस्थलमा फिस्टेल एयरको जुलियट रोमियो नामक हेलिकोप्टर पनि तैनाथ छ ।

हालै नेपाली सेनाको हेलिकोप्टरले ११ हजार फिटको उचाइमा १५ जनाको फौजलाई उतारेको छ । उनीहरू पैदल हिँडेर दुर्घटना भएको स्थानतर्फ जाँदैछन् ।

दुर्घटनास्थल १४ हजार ५ सय फिट उचाइमा हो । यसअघि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली लिएर फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनास्थल नजिकै अवतरण गरेको थियो । दुई पटकमा उक्त हेलिकोप्टरले ८ जनालाई त्यहाँ लगेको अधिकारीहरू बताउँछन् ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार दुर्घटना भएको स्थानमा ठूलो हेलिकोप्टर पठाउन सम्भव देखिएको छैन । त्यसैले सानो हेलिकोप्टरबाट पठाउने प्रयास जारी छ । उनले  भने, ‘अहिले माथि भएको टोलीले शव संकलनको कार्य गरिरहेको छ ।’

शवलाई संकलन गरेर सिधैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ल्याउने तयारी छ ।

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जहाजमा सवार २२ जनाकै मृत्यु भएको आशंका गरिएको बताए । ‘परिस्थिति हेर्दा पनि कोही जीवित भएजस्तो देखिन्न, यद्यपि आधिकारिक विवरण आउन केही समय लाग्छ’ उनले भने ।

आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो ।

सोमबार बिहान यार्सागुम्बा संकलन गर्ने किसानले दुर्घटनाग्रस्त जहाजको अवशेष फेला पारेर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि सुरक्षाकर्मीको टोली हेलिकोप्टरमार्फत त्यसतर्फ गएका थिए ।

नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र जहाज परिचारिका किस्मी थापा थिइन् ।

  • जहाज दुर्घटना
  • तारा एयर
सोमबार, जेठ १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.