• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, साउन २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

लोकप्रिय समाचार

  • १. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

आर्थिक वर्ष २०७९/०८० वजेट : सरकारका २७ नारा-राज्यको अभिभारा


काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले दुबै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षका लािग १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक गरेका छन् ।

 

बजेट कार्यान्वयनका लागि सरकारले दर्जनौं अवधारणा अघि सारेको छ । ती अवधारणासँग नारा पनि बजेटमा समेटिएका छन् । महिला, शिक्षा, कृषि, सहकारी, सिंचाइ, विद्युत, पूर्वाधार विकासका क्षेत्रमा सरकारले ल्याएका योजना कार्यान्वयन गर्न दुई दर्जन बढी नारा सार्वजनिक गरिएको छ ।

आइतबार सार्वजनिक गरिएको बजेटमा समावेश नाराहरु:

उत्पादमा वृद्धि: मुलकुको विकास र समृद्धि विशेष अभियान दशक २०७९ देखि १० वर्ष सञ्चालन गरिने भएको छ । यस अन्तर्गत उत्पादन वृद्धि,रोजगारी सिर्जना र निर्यात लक्षित व्यापार अभिवृद्धिका कार्य गरिने छ । यसै अन्तर्गत प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग कार्यक्रम प्रारम्भ गर्न लागिएको छ ।

स्वदेशी उत्पादन र प्रयोग बढाउन आफ्नै उत्पादन,आफ्नै उपभोग अभियानसमेत सञ्चालन गरिने छ । निजी क्षेत्रबाट सञ्चालित मेक इन नेपाल तथा मेड इन नेपाललाई सरकारले सहयोग पुर्‍याउने छ ।

सहकारी मन्त्र: आत्मनिर्भर अर्थतन्त्रः सहकारी क्षेत्रलाई मूलुकको आर्थिक विकास महत्वपूर्ण क्षेत्रका रुपमा परिचालन गरिने सरकारले बजेटमा उल्लेख गरेको छ । सहकारीको कूल लगानीको कम्तिमा ५० प्रतिशत रकम उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने नीति सरकारले लिएको छ ।

खेतदेखी कारखाना एकीकृत नमूना कार्यक्रमलाई कार्यान्वयन गरिने भएको छ । कृषि,वन तथा खानीजन्य कच्चा पदार्थलाई समावेश गरि औद्योगिक शृंशला ‘खेतदेखि कारखाना’ एकीकृत नमूना कार्यक्रम ल्याइएको छ ।

जलवायु परिवर्तन रोग/किराको प्रकोप एवं प्राकृतिक विपत्का जोखिम न्युनीकरणका लागि यस वर्षलाई कृषि जैविक विविधता वर्ष रुपमा मनाउने सरकारले घोषणा गरेको छ । यसका लागि ८० करोड विनियोजन गरिएको छ ।

गुणस्तरीय विउ विजनमा आत्मनिर्भर हुनका लागि खाद्य सुरक्षाको लागि विउ सुनिश्चितता अभियान सञ्चालन गरिने भएको छ । किसानलाई आत्मसम्मान र गौरव वृद्धि गर्नका लागि किसानसँग सरकार कार्यक्रममा आधारित किसान पेन्सन योजनाको सुरुवात गरिने भएको छ ।

किसानलाई पेन्सनका लागि किसान हित कोष स्थापना गर्ने सरकारले घोषणा गरेको छ । उक्त कोषमा किसानले जम्मा गरेको रकममा सरकारले १० प्रतिशत रकम थपिदिने भएको छ । कोष स्थापना गर्नका लागि सरकारले १ अर्ब छुट्याएको छ ।

 

आत्मनिर्भरका लागि कृषि उत्पादन कार्यक्रम कार्यान्वयनका लागि १० अर्ब सरकारले विनियोजन गरेको छ । विशिष्ट उत्पादनहरुका पहिचान गरि उत्पादकत्व बढाउन तथा बजारीकरणमा सहयोग पुर्‍याउन एक स्थानीय तह,एक विशिष्ट उत्पादनको अवधारणालाई कार्यान्वयन गर्ने सरकारले जनाएको छ ।

अर्थमन्त्री शर्माले सार्वजनिक गरेको बजेटमा हरियालीयुक्त सहर बनाउने घोषणा गरिएको छ । जनताको रहर: हरित सहर नारा तय गरि १० हजार रुख रोप्ने सरकारले घोषणा गरेको छ ।

माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई सीपमूलक तालिम प्रदान गर्ने गरि पाठ्यक्रम विकास गरिने सरकारले नीति बनाएको छ । त्यसका लागि शिक्षासँगै सीप नारा तय गरिएको छ । शिक्षाकै क्षेत्रमा सरकारले तय गरेको अर्को नारा हो हाम्रो विद्यालय: हाम्रो जिम्मेवारी । यस अन्तर्गत शिक्षक व्यवस्थापन समिति र अभिभावकसँग सरकारले नियमति अन्तरसंवाद गर्ने भएको छ ।

प्राविधिक तथा व्यवसाायिक शिक्षा तालिम परिषदलाई पुनर्संरचना गरिने भएको छ । प्राविधिक तथा व्यवसायीक शिक्षा विस्तारः समृद्धिको आधार नारा तय गरेर शिक्षालयको नक्साङ्कन र समयोजन गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

प्रदेश र स्थानीय सरकारको समन्वयमा सबै नागरिकका घरमा पानीको धारा पुर्‍याउने सरकारले बजेट मार्फत घोषणा गरेको छ । राज्यको अभिभाराः एक घर एक धारा अभियान सञ्चालन गरिने भएको छ ।

महिलाको नेतृत्व विकास,आर्थिक आत्मनिर्भरता र क्षमता वृद्धिका लागि महिला पहिला नारा सार्वजनिक गरिएको छ ।

पूर्वाधारको क्षेत्रमा समेत सरकारले नारा तय गरेको छ । नेपालीको सपना: परिवर्तनकारी पूर्वाधार योजना अघि सारिएको छ । यस अन्तर्गत रणनीतिक प्रकृतिका ठूला आयोजनालाई प्राथमिकतामा राखेर बजेट छुट्याइएको छ । चार भञ्ज्याङ चार सुरुङ मार्गको अवधारणा सरकारले अघि सारेको छ ।

यसअन्तर्गत काठमाडौं उपत्यकका बाँकी तिन भञ्ज्याङलाई समेटिएको छ । टोखा–छहरे, गोदावरी –पनौती र साँगा – बनेपा खण्डको सुरुङ मार्ग निर्माणका लागि सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ । सुरुङ मार्ग विकास कार्यक्रमको लागि एक अर्ब १९ करोड छुट्याइको छ।

उर्जा क्षेत्रको विकासका लागि पनि सरकारले नारा मार्फत कार्यान्वयनको नीति लिएको छ । नेपालको पानी– जनताको लगानीको योजना बनाई बजेटमा समावेश गरिएको छ । यस अन्तर्गत आगामी दुई वर्ष भित्रमा सबै नागरिकलाई विद्युत सुविधा उपलब्ध गराउने सरकारले प्रतिवद्धता जाहेर गरेको छ ।

बजेट भाषण गर्दै अर्थमन्त्री


विद्यात् प्रसारण लाइन तथा सव स्टेशसन निर्माणका लागि सरकारले ४३ अर्ब ९५ करोड रकम विनियोजन गरेको छ । सरकारले इन्धनमा कटौती गर्ने नीति लिएको छ । त्यसका लागि एलपी ग्यास छोडौं,विजुली रोजौं नारालाई अभियानकै रुपमा सरकारले सञ्चालन गर्ने भएको छ । एलपी ग्यासमा प्रदान गर्दै आएको अनुदान कम गर्दै विद्युत उपयोगमा अनुदान गर्ने नीति सरकारले लिएको छ ।

सिंचाइको क्षेत्रमा विकास पुर्‍याउन लिफ्ट सिंचाइको माध्यम अपनाइएको छ । त्यसका लागि सरकारले नदी किनाराका गरा,सधैं हराभरा नारा अघि सारेको छ । लिफ्ट माध्यमबाट हुने सिंचाइले ६०० हेक्टर जमिनमा सिंचाइ हुने सरकारको दाबी छ ।

साइबर सुरक्षाका लागिसमेत सरकारले नारा घोषणा गरेको छ । साइबर सुरक्षाको सुनिश्चितताः एक्काइसौं शताब्दीको आवश्यकता नारा बनाइएको छ । यस अवधारणाको कार्यान्वयनका लागि राष्ट्रिय सुरक्षा केन्द्रको स्थापनाको कार्य सुरु गरिने भएको छ ।

गृहिणीलाई उत्पादनमूल कार्यमा संलग्न गराउन उद्यमी गृहिणी कार्यक्रम अघि सारिएको छ । रोजगारीमा वृद्धि गर्नका लागि एक घरपरिवार रोजगार,एक बस्ती एक आर्थिक पहिचान,एक वडा एक बजारको अवधारणा ल्याइएको छ । स्थानीय तह,प्रदेश सरकार तथा नीजि क्षेत्रको सहकार्यमा यस अवधारणाको कार्यान्वय गरिने सरकारले बजेटमा उल्लेख गरेको छ ।

नागरिकको वीमालाई सरकारले प्राथमिकतामा राखेको छ । एक परिवार: एक बीमा अवधारणा अघि सारिएको छ । स्थानीय तहसम्म बीमाको पहुँच विस्तार गर्ने बजेटमा उल्लेख छ ।

  • आर्थिक वर्ष २०७९/०८० वजेट
  • सरकारका २७ नारा-राज्यको अभिभारा
सोमबार, जेठ १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर
आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय

  • १.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

भर्खरै

  • १.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • २.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ४.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ५.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ७.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.