Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

प्रतिशतमा तलब बढेकोमा तल्लो तहका कर्मचारी असन्तुष्ट

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमार्फत सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने घोषणा गरेको छ ।

सरकारको यो घोषणा अनुसार मुख्य सचिवको तलब १० हजार ७१ रुपैयाँ बढ्ने छ भने खरिदारको तलब ४ हजार २९१ रुपैयाँ मात्र बढेको छ।

अब मुख्यसचिवको तलब ६७ हजार १४० बाट ७७ हजार २११ रुपैयाँ पुगेको छ भने खरिदारको तलब २८ हजार ६१० बाट ३२ हजार ९०१ रुपैयाँ । कर्मचारीले आउँदो साउन १ देखि बढेको तलब पाउनेछन् ।

तलबबाहेक मुख्य सचिवदेखि कार्यालय सहयाकसम्मका कर्मचारीले महंगी भत्ता बापत एकमुष्ट २ हजार रुपयाँ मासिक भत्ता पाउँछन् । अनि हरेक वर्ष एक ग्रेडका दरले वृद्धि भएको रकम समेत तलबका रुपमा पाउँछन् । साथै कर्मचारीले वर्षको एकपटक पोशाक भत्ता समेत पाउँछन् ।

तल्लो तहका कर्मचारी रुष्ट

प्रतिशतमा तलब बढ्दा माथिल्लो तहका कर्मचारीको तलब धेरै बढ्ने र आफहरुको तलब थोरै मात्र बढ्ने भन्दै तल्लो तहका कर्मचारीहरु असन्तुष्ट बनेका छन् ।

सरकारले सबै कर्मचारीको तलब १५ प्रतिशतले बढाउँदा धेरै तलब खाने मुख्य सचिवको तलब मासिक १० हजार ७१ रुपैयाँ बढेको छ भने खरिदारको तलब ४ हजार २९१ रुपैयाँ मात्र बढेको छ ।

त्यसैले बजेट भाषण लगत्तै सामाजिक सञ्जालमा सरकारी कर्मचारीहरुले तल्लो तहका कर्मचारीलाई उपेक्षा गरेर हाकिमको लागि मात्रै तलब बढाएको टिप्पणी गरेका छन् ।

उनीहरुले प्रतिशतको आधारमा भन्दा पनि वैज्ञानिक ढंगले तलब बढ्नु पर्ने टिप्पणी गरेका छन् ।

अपेक्षा अनुसार आएन : पोखरेल

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले अपेक्षा अनुसार बजेट नआएको र तलब नबढेको बताए ।

उनले कर्मचारीको तलब बढाउनु भन्दा पनि निजामती कर्मचारीको सेवा सुविधा बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘मंहगी अनुसार सरकारले तलब बढाएन । हामीलाई तलब भन्दा पनि निजामती अस्पतालमा निशुल्क उपचार, निजामती कर्मचारीका बालबच्चाको निशुल्क शिक्षा, निजामती कर्मचारीको ठाउँ ठाउँमा आवास बनाउनुपर्ने हो ।’

सुझाव ग्रहण भएन : रावल

कर्मचारीको १५ प्रतिशत तलब बढेकोप्रति राष्ट्रिय कर्मचारी संगठन नेपालका अध्यक्ष हरि रावलले पनि सुझाव ग्रहण नगरेको टिप्पणी गरे ।

‘सरकारले कर्मचारीहरु प्रति बजेटमा गरेको निर्णयमा हामी कुनै पनि कर्मचारी संगठनका धारणा समावेश भएको पाइएन । हामीले सुविधा बढाउन माग गरेको थियौं, तर तलब बढ्यो । कर्मचारीहरुको तलब बढ्दा पनि समान ढंगले बढाउनुपर्ने हो तर प्रतिशतमा कर्मचारीको तलब बढ्दा तल्लो तहका कर्मचारीहरुलाई मार परेको छ’, रावलले भने ।

उनले बजेटमा कर्मचारीबारे भएको निर्णयमा पुर्नविचार गर्न आवश्यक पहल गर्ने बताए ।

औसत मात्रै आयो : घिमिरे

एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरेले कर्मचारी सम्बन्धी बजेटलाई औसत मात्रै भन्न मिल्ने बताए । उनले कर्मचारी संगठनहरुको माग तलब वृद्धि नभई सामाजिक सुरक्षा भत्तातर्फ रहेको भन्दै त्यसतर्फ सरकार अझै गम्भीर हुन नसकेको बताए ।

उनले भने, ‘मंहगी अनुसार तलब वृद्धि वैज्ञानिक छैन । तर वर्तमान देशको आर्थिक अवस्था अनुसार कर्मचारीहरुको लागि बजेट औसत छ । हाम्रो माग तलब वृद्धि थिएन, सामाजिक सुरक्षातर्फ थियो ।’

प्रतिशतको आधारमा कर्मचारीहरुको तलब बढ्दा तल्लो तहका कर्मचारीको आधारभुत तलब माग बमोजिम अझै नपुगेको उनले बताए । भने, ‘तहगत कर्मचारीको तलब बढ्दा प्रतिशतमा केहि हेरफेर हुनुपर्थ्यो । चुनावी बजेट जस्तो देखिन्छ । कार्यान्वयन भए ठिकै होला ।’

  • कर्मचारी असन्तुष्ट
  • तलब बढेकोमा
  • तल्लो तहका
  • प्रतिशतमा
आइतबार, जेठ १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय

  • १.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.

  • ६.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ७.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ८.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.