आइतबार बिहान १० बजेदेखि हराइरहेको तारा एयरको जहाज साँझ ६ बजेसम्म पनि फेला पर्न सकेको छैन। आठ घन्टासम्म लगातार खोजी गर्दा पनि खोजीकर्ताहरूले जहाज कहाँ गयो भन्ने पत्ता लगाउन सकेका छैनन्।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्य जारी राखिएको बताएका छन्।
दुइटा हेलिकप्टरले आकाशबाट र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले जमिनबाट खोजी कार्यलाई निरन्तरता दिइरहेको शर्मा बताउँछन्।
‘जहाज सम्पर्कविहीन भएको सम्भावित क्षेत्रमा हेलिकप्टर र स्थलमार्गबाट पनि खोजी कार्य जारी छ। आज उज्यालो हुन्जेल खोजी कार्य जारी रहन्छ,’ उनले भने, ‘राति खोजी गर्न सम्भव हुन्न। आज उज्यालो हुने बेलासम्म पनि जहाज फेला परेन भने भोलि बिहानदेखि पुन: खोजी कार्य जारी रहन्छ।’
सम्पर्कविहीन जहाज खोज्न आइतबार दिउँसोदेखि फिस्टेल एयर र नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ भने करिब एक सय जना सुरक्षाकर्मी परिचालन गरिएका छन्।
प्रजिअ शर्माका अनुसार धौलागिरि हिमालको रेन्जमा खोजी कार्यलाई केन्द्रित गरिएको छ। मौसम प्रतिकूल हुँदा हेलिकप्टर उडान निरन्तर रूपमा गर्न सकिएको छैन। हिँडेर नेपाली सेना र प्रहरीसहित टोली धौलागिरि हिमाल रेन्जतर्फ गएका छन्।
‘यही ठाउँमा जहाज छ भन्ने अवस्था छैन,’ उनले भने, ‘सम्भावित क्षेत्रमा खोजी कार्य गरिएको हो।’
हराइरहेको जहाज खोजीका लागि नेपाली सेनाले हवाई र स्थलमार्गबाट टोली खटाएको छ। साँझ ६ बजेसम्म जहाजको लोकेसन पत्ता नलागेको सेनाले जनाएको छ।
The plane has not yet been located. We are trying to reach the place where locals have allegedly seen something burning. Once our troops reach the location then only we can verify the findings officially and independently. Our rescue effort from ground and air is relentless….
The plane has not yet been located. We are trying to reach the place where locals have allegedly seen something burning. Once our troops reach the location then only we can verify the findings officially and independently. Our rescue effort from ground and air is relentless….
— NASpokesperson (@NaSpokesperson) May 29, 2022
यसअघि मानापाथी हिमालको फेदमा जहाज रहेको भन्ने स्थानीयले जानकारी दिएपछि नेपाली सेनाको टोली त्यतातिर लाागेको थियो।
तारा एयरले विज्ञप्ति जारी गर्दै हराइरहेको जहाजको खोजी भइरहेको जनाएको छ।
pic.twitter.com/SZKDtBjAsO
— Yeti Airlines (@FlyYeti) May 29, 2022
काठमाडौंस्थित भारतीय दूतावासले जहाजमा आफ्ना चार नागरिक रहेको भन्दै उनीहरूको परिवारसँग सम्पर्कमा रहेको बताएको छ।
Tara Air flight 9NAET that took off from Pokhara at 9.55 AM today with 22 people onboard, including 4 Indians, has gone missing. Search and rescue operation is on. The embassy is in touch with their family.
Our emergency hotline number :+977-9851107021. https://t.co/2aVhUrB82b
— IndiaInNepal (@IndiaInNepal) May 29, 2022
-पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएको थियो।
-तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।
-जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।
-पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन छ।
-तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।
-जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए।
-जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए। चालक दलका सदस्य र यात्रुको विवरण सेतोपाटीलाई प्राप्त भएको छ।
-आइतबार बिहान समिट एयर र तारा एयरका जहाज सँगसँगै पोखराबाट जोमसोमका लागि उडेका थिए।
-जोमसोम विमानस्थलका प्रमुख पुष्कल शर्माका अनुसार सँगै सँगै आइरहेका दुई जहाजले मुस्ताङको आकाशमा पुगेपछि जोमसोम विमानस्थलमा सम्पर्क गरेका थिए। ‘समिटको जहाज ल्यान्ड भयो। पछि आइरहेको ताराकोलाई पनि ल्यान्डिङका लागि सम्पर्क गरौं भन्दा सम्पर्क हुनै सकेन,’ शर्माले भने,‘पाइलटले जहाजमा कुनै समस्या आएको संकेत पनि विमानस्थलको एटिसीलाई दिएका थिएनन्।’ समिट एयरले आजै जोमसोममा अर्को फ्लाइट पनि गरिसकेको थियो भने तारा एयरको पहिलो फ्लाइट थियो। जोमसोम जाने जहाज लेतेको आकाशमाथि पुगेपछि जोमसोम टावरसँग सम्पर्क गर्छन्।
फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो। जहाज युटिसी टाइम ४ बजेर २२ मिनेटमा हराएको थियो। जुन नेपाली समय अनुसार बिहान १० बजेर ७ मिनेट हुन्छ। जहाज घाँसासिखा क्षेत्रबाट हराएको देखिन्छ।
setopati