पर्वत,जेठ १४। सम्पर्कविहीन रहेको तारा एयरको विमान भेटिएको छ । विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा भटिएको हो । विमानमा सवार सबैको मृत्यु भएको आशंका गरिएको छ ।
कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको थियो। १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज सम्पर्कविहीन भएको हो । विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को(पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए ।
यात्रुहरुमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजीना श्रेष्ठ, यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर सवार थिए । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर जहाज सम्पर्कविहीन भएको छ । जहाजमा चालक दलका सदस्यसहित २२ जना सवार थिए ।
नोट : माथी देखाए तस्बिर यस घटना को होइन ,सांकेतिक फोटो हो ।