काठमाडौं । आज जेठ १५ गते अर्थात् गणतन्त्र दिवस ।
विसं २०६५ जेठ १५ गतेका दिन मुलुकमा निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।












साेही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते याे दिवस मनाउने गरिन्छ ।
यसै सन्दर्भमा सरकारले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमबीच गणतन्त्र दिवस मनाएको छ । साथै शान्तिकाे प्रतीकका रूपमा परेवा पनि उडाएकाे छ ।
उक्त विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्याधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सनालगायत संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूकाे उपस्थिति थियो ।



