×
शनिबार, असार १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

तनहुँ बाढी पहिरोको उच्च जोखिममा

२०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

अमेरिकाले गर्‍यो इरानमा आक्रमण

आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • २. आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ३. काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ४. २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ५. गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

  • ६. अमेरिकाले गर्‍यो इरानमा आक्रमण

  • ७. उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • ८. एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ९. एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

  • १०. तनहुँ बाढी पहिरोको उच्च जोखिममा

मोडलको ‘अश्लिल भिडियो’ चोरी, डिलिट गर्न ७ करोड बार्गेनिङ


बिग्रिएको ल्यापटप बनाउन जाँदा त्यहाँ भेटिएको अश्लिल भिडियो चोरी गरेर एउटा गिरोहले ७ करोड बार्गेनिङ गरेको छ । बार्गेनिङ गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आफुलाई पत्रकार बताउने देखि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तासहित ७ जनालाई पक्राउ गरेको छ ।

 

एकजना मोडल ल्यापटप बनाउन श्रवण कार्की र सुरज शर्माको पसलमा गइन् । काठमाडौं सिनामंगलका श्रवण कार्की ल्यापटप मर्मतको काम गर्छन् । चितवनको भरतपुर–११ घर भएका ३२ वर्षीय सुरज शर्मा इन्स्योरेन्समा काम गर्छन् । उनको ल्यापटप मर्मत गर्ने पसल पनि छ । मोडलले बनाउन छोडेको ल्यापटप मर्मत गर्ने क्रममा अश्लिल भिडियो भेटियो । श्रवण र सुरजले सो भिडियो आफ्नो डिभाइसमा कपी गरे ।

ती महिलासँग पैसाको बार्गेनिङ गर्ने योजना बनाएर उनीहरुले काभ्रेको तेमाल गाउँपालिका–३ घर भएका उमेश भण्डारीसँग सम्पर्क गरे । उमेश भण्डारी एडभर्टाइजिङ एजेन्सी सञ्चालक हुन् । उमेशले त्यसबारे गुल्मी घर भएकी बर्षा खनाल उर्फ वसन्तालाई बताए । प्रहरी स्रोतका अनुसार वसन्ता करिब ६ महिना अघिसम्म एउटा अनलाइन टेलिभिजनको प्रोडक्सन मेनेजर थिइन् ।

७ जनाको बीचमा छलफल भएपछि सो भिडियो मेटाउन उनीहरु ७ करोड माग्ने निष्कर्षमा पुगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । कोइरालाले भने– ‘पैसा लिन आएको बेलामा हामीले पक्राउ गरेका हौं ।’

पक्राउ पर्नेमा बझाङ घर भएका धर्मराज थापा र उदयपुरको त्रियुगा–१० घर भएका २१ वर्षीय सुजन आचार्य पनि छन् । धर्मराज पत्रकारितामा आवद्ध छन् । सुजन आचार्य पनि आफुलाई पत्रकार दावी गर्छन् । उनीहरुले ७ करोड नदिए भिडियो ‘भाइरल’ बनाउने धम्की दिएका थिए । पीडित महिला केही रकम दिन राजी भएकी थिइन् । तर, प्रतिव्यक्ति १ करोड मागे पनि उनी प्रहरीकहाँ पुगिन् ।

बार्गेनिङ गरेको आरोपमा पक्राउ पर्नेमा कालिकोटका टेक विक पनि छन् । यसअघि पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा बम राखेको मुद्दामा पक्राउ परेका विक नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट छन् । आरोपीहरुले धम्की दिएर पैसा मागेको एसपी कोइरालाले बताए ।

आफुलाई पत्रकार दावी गर्दै आएका सुजन आचार्य दुई वर्षअघि प्रहरीसँग मिलेर मकवानपुरमा हिरा लुटेको आरोपमा पक्राउ परेका थिए । महिलासँग आचार्यले नै बार्गेनिङ गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीहरु बिहीबार रकम लिन गएको अवस्थामा काठमाडौंको ३२ पुतलीस्थित होटल द्वारिकाबाट पक्राउ परेका हुन् । आरोपीहरु विरुद्ध प्रहरीले आपराधिक लाभ बिरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

Ratopati

  • ‘अश्लिल भिडियो’ चोरी
  • ७ करोड
  • डिलिट गर्न
  • बार्गेनिङ
  • मोडलको
शनिबार, जेठ १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड
तनहुँ बाढी पहिरोको उच्च जोखिममा
उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई
काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह
एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल
अमेरिकाले गर्‍यो इरानमा आक्रमण

लोकप्रिय

  • १.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • २.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ३.
    काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ४.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ५.
    गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

  • ६.
    अमेरिकाले गर्‍यो इरानमा आक्रमण

भर्खरै

  • १.
    एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • २.
    तनहुँ बाढी पहिरोको उच्च जोखिममा

  • ३.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ४.
    उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • ५.
    काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ६.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ७.
    एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

  • ८.
    अमेरिकाले गर्‍यो इरानमा आक्रमण

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.