• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

लोकप्रिय समाचार

  • १. नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २. जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ३. रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ४. आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

निर्दयी क्रुर श्रीमानले श्रीमतीको मलद्वारबाट लौरो घुसाएर यौनाङ्गबाट निकालिदिएपछि

चितवन : भरतपुर अस्पतालको सर्जिकल वार्डको बेड नम्बर ५२ मा एउटी अधबैँशे छटपट गरिरहेकी छिन्। हातमा डाक्टरले मगाएको ९ थरी औषधिको स्लिप बोकेर एउटी महिला यताउता गरिरहेकी थिइन्। अरु दुई महिला र एक पुरुष पनि के गर्ने के नगर्ने भावमा थिए।

नर्स आइन्। अनि सोधिन्, ‘औषधी ल्याउनुभयो ?’ ति महिलाले आफ्नो हातमा हेरिन् अनि भनिन्, ‘पैसा छैन कसरी ल्याउने औषधी ?’ यो अवस्था बिहीबार साँझ श्रीमानले मलद्वारबाट लौरो घुसाएर यौनाङ्गबाट निकालिदिएपछि सख्त घाइते भएकी गीता माझीको हो। उनकी देउरानी उमा माझी हातमा औषधिको स्लिप बोकेर यताउति गरिरहेकी थिइन्।

बिहीबार बेलुका घरमा खाना खाने क्रममा श्रीमानले निर्घात कुटेर पनि नपुगेपछि उनको मलद्वारमा आगो बाल्न अँगेना छेवैमा भएको दाउरा घुसाइदिएका थिए। पीडाले गीता चिच्याएपछि छिमेकीले चाल पाए। वरपर भेला भए। त्यसपछि घरको ढोका खोलेर गीताका श्रीमान् रामचन्द्रले उनलाई आँगनमा फालिदियो।

गीताकी छिमेकी तथा स्थानीय जनप्रतिनिधि ज्ञान्ती पाशवानले घटनाबारे विस्तृतमा भनिन्, ‘गीता चिच्याएको सुनेपछि हामी आइपुग्यौँ। अनि रामचन्द्रले ढोका खोलेर निस्किने बित्तिकै गीतालाई आँगनमा फालिदियो। मैले नै च्याप्प समातेँ। लाइट बालेर गुप्ताङ्ग हेरेँ। रगत थामिसक्नु थिएन। मासुको डल्लो नै बाहिर निस्किएको रहेछ। मैले नै टालो लगाएर त्यो मासुको डल्लो अलिकति भित्र घुसाइदिएँ। सबै गाउँले मिलेर रामचन्द्रलाई बाँधेर राख्यौँ। अनि पुलिस बोलाएर पठाइदियौँ। उमालाई चाहिँ एम्बुलेन्स बोलाएर हामीले लिएर अस्पताल आयौँ।’

गीतालाई रामचन्द्रले कुटपिट गरेको बिहीबार पहिलो घटना भने होइन। उनीहरु सुकुम्बासी हुन्। बिहान बेलुकाको मजदुरीले जीवन निर्वाह गर्ने गरेका छन्। तीन छोरीमध्ये एकको विवाह भयो। बाँकी दुई पनि आफै काम गरेर आफ्नो जीवन चलाउँछन्।

गीता र रामचन्द्र बस्दै आएका खैरहनी १० का वडा सदस्य ज्ञान्तीले अझ थपिन्, ‘दिनभर गीता मजदुरी गरेर आउँथिन्, लोग्ने चाहिँ उनैले कमाएकोमा मोज गर्थ्यो। अनि कता कता जान्छे भन्दै शंका गर्थ्यो।’

ज्ञान्तीकै अनुसार हरेक दिन गीताको कुटपिटबाट अनुहार सुन्निएको हुन्थ्यो। कति पटक त आफूले घर गएर रामचन्द्रलाई श्रीमती नकुट्न दबाब दिँदै एकदुई झापड समेत लगाउने गरेको उनले बताइन्। गीता भने श्रीमान छोड्न सक्थिनन्।

बिहीबार पनि श्रीमान श्रीमती दिनभर सँगै थिए। दिउँसो सँगै माछा मार्न गए। गीताकी देउरानी उमा माझीका अनुसार बेलुका उनी पसल जाँदा गीताका दम्पतीले त्यही पसलबाट एक किलो चामल र आधा किलो मासु पनि किनेका थिए। तर, त्यो मासुभात खान भ्याए भ्याएनन् थाहा छैन। श्रीमतीसँग कमाएको पैसा माग्दा उनले नदिएपछि झगडा शुरु भएको अनुमान छ।

आज कमाएको आजै सक्ने गीतासँग उपचारको लागि रकम छैन। भरतपुर अस्पताल आउने बित्तिकै अस्पतालको सामाजिक सेवा इकाइको सिफारिसमा उनको प्रारम्भिक उपचार गरिएको थियो।

यद्यपि हिंसाबाट प्रभावित महिलाका सेवाको लागि अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी) ले गीताको निःशुल्क उपचार गरिदिनुपर्ने कानूनी व्यवस्था छ। भरतपुर अस्पतालमा पनि ओसीएमसी सेवा छ। तर, उक्त ओसीएमसी हेर्ने इकाइले बिहीबार दिउँसो तीन बजेसम्म पनि उनको बारेमा रेकर्ड समेत राखेको थिएन।

भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेललाई आइएनएसले औषधि खरिदमा ओसीएमसीको समन्वय किन भएन भनेर प्रश्न गरेपछि उनले ओसीएमसीको प्रकृयाबाट उनको सम्पूर्ण उपचार निःशुल्क हुनेगरि प्रक्रिया थालिहाल्ने बताए।

लोग्नेले मलद्वारबाट लौरो घुसाउँदा गीताको यौनाङ्ग र मलद्वारबीचको खाली भाग च्यातिएको छ। उनको उपचारमा संलग्न डाक्टर दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिएको छ। कम्मरको हड्डी भाँच्चिएको छ।

घाउको संक्रमण रोकिएपछि जतिसक्दो चाँडो शल्यक्रिया गरेर उनको उपचार गर्ने तयारी भएको डाक्टर न्यौपानेले बताए। उपचारपछि पनि गीतालाई दिसा पिसाब नरोकिने फिस्टुला, आन्द्रामा समस्या लगायतका स्वास्थ्य जटिलता रहने उनले बताए।

यता जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी हिरासतमा रहेका गीताका श्रीमान ४० वर्षका रामचन्द्रलाई अदालतबाट म्याद थप गरि अनुसन्धान थालिएको जानकारी दिएको छ। (श्रोत : आइएनएस–स्वतन्त्र समाचार)

  • निर्दयी क्रुर श्रीमान
  • यौनाङ्गबाट निकालिदिएपछि
  • लौरो घुसाएर
  • श्रीमतीको मलद्वारबाट
शनिबार, जेठ १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी
नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

लोकप्रिय

  • १.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ३.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ४.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • २.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • ५.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ६.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • ८.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.