• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असार ३२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

दार्चुला : हट्यो तुइन, बन्यो झोलुङ्गे पुल


दार्चुला : दार्चुलामा नेपाल–भारत जोड्ने गरी महाकाली नदीमाथि दुई वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । तुइन विस्थापनअन्तर्गत ती नदीमाथि पुल निर्माण गरिएको हो । व्यास गाउँपालिका ६ बडुगाउँ र मालिकार्जुन गाउँपालिका ६ बाँकुमा झोलुङ्गे पुल निर्माण भएको हो ।

महाकाली नदीमा जोखिम मोलेर नदी आउजाउ गर्नुपर्ने अवस्था अन्त्य भएको जनाइएको छ । मालिकार्जुन ६ का तेजबहादुर चन्दले भन्नुभयो, ‘बल्ल अहिले आएर पुल निर्माण भयो ।’ स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनले अहिले जिल्लाको महाकाली नदीमाथि चार वटा झोलुङ्गे पुल निर्माण गरिरहेको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, भारत पिथौरागढ जिल्ला अधिकारी आशिष चौहानले हिजाे मालिकार्जुन ६ बाँकुमा पुलको शुभारम्भ गर्नुभयो भने व्यास ६ बडुगाउँमा रहेकाे झोलुङ्गे पुलको व्यास गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले शुभारम्भ गर्नुभएको हो।

पुल निर्माणपछि दुवै ठाउँका स्थानीयवासी खुसी देखिएका छन् । व्यास ६ का कलावती भट्ट तुइन विस्थापनअन्तर्गत झोलुङ्गे पुल निर्माण भएपछि आवतजावतमा सहज हुने बताउनुहुन्छ । वर्षौँदेखि तुइनको सहारामा महाकाली नदी वारपार गर्दै आउनुएका उहाँ हिजाेदेखि तुइनको ठाउँमा झोलुङगे पुल सञ्चालन भएपछि खुसी देखिनुभयो ।

उहाँले भन्नुभयो, ‘कैयौँ बर्खा यो महाकाली नदीमा स्थानीयवासी अकालमै ज्यान गुमाउन बाध्य थिए । अब तुइनका कारण ज्यान गुमाउनुपर्ने अवस्था आउने छैन ।’ व्यास ६ बडुगाउँ क्षेत्रका स्थानीयवासी नेपाल–भारत वारपार गर्न पुल नहुँदा तुइनको सहारामा आउजाउ गर्थे । नेपालतिरको बाटो जाने हो भने छ घण्टा समय लाग्छ ।

भारतबाट जाँदा यसअघि तिगरम भएर जाँदा अढाइ घण्टा बढी समय लाग्ने गरेको थियो । अहिले बडुगाउँमा झोलुङ्गे पुल निर्माण भएपछि आधा घण्टामा सदरमुकाम खलङ्गा आउजाउ गर्न सहज भएको छ । मालिकार्जुन ६ का काशी विकले १० वर्षदेखि यस क्षेत्रमा झोलुङ्गे पुल निर्माण हुन्छ भन्ने सुने पनि अहिले आएर पुल निर्माण सकिएको बताउनुहुन्छ । ‘अहिले आएर पुल निर्माण पूरा भएर सञ्चालन हुँदा खुसी छौँ । बाँकु र भारतको द्वालीसेरा जोड्ने गरी झोलुङ्गे पुल सञ्चालन भएपछि हामीलाई हिउँद–बर्खामा यात्रा सहज हुनेछ’, उहाँले भन्नुभयो ।

नागरिकले झोलुङ्गे पुल नहुँदा ट्युबमार्फत यो क्षेत्रमा आवतजावत गर्न बाध्य थिए । दैनिक उपभोग्य सामान त्यहीँ ट्युबको माध्यमबाट वारपार हुन्थ्यो । झोलुङ्गे पुल निर्माणपछि अब मालिकार्जुन र लेकम क्षेत्रका नागरिकलाई समेत वारपार गर्न सहज भएको उहाँले बताउनुभयो ।

नागरिकले अकालमै तुइन र ट्युबका कारण ज्यानको बाजी लगाउनुपर्ने अवस्थाको अन्त्य भएको व्यास गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब यी दुवै वडाका नागरिकले तुइनको कारण ज्यान गुमाउनुपर्ने छैन । दुई निर्माणाधीन पुल पनि चाँडै सम्पन्न गर्न ताकेता गर्छौँ ।’

व्यास ४ मडगाउँ र मालघाटमा पनि झोलुङ्गे पुल निर्माणाधीन छ । मडगाउँमा माघ तेस्रो हप्ता झोलुङ्गे पुल निर्माण सम्पन्न भए पनि अन्य भौतिक संरचना निर्माण बाँकी छ । व्यास गाउँपालिका २ को मालघाटमा भने झोलुङ्गे पुल निर्माणाधीन छ ।

मालगाउँ र मडगाउँमा खम्पाचे रुविना जेभी काठमाण्डौले झोलुङ्गे पुल निर्माण गरिरहेको छ । यी दुवै पुलका लागि कुल २ करोड ७३ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको हो । यस्तै बाँकु र बडुगाउँमा मालिका निर्माण सेवा कञ्चनपुरले पुल निर्माण गरेको हो । पुल निर्माण गर्न कुल २ करोड ५५ लाख ६४ हजार रुपैयाँ लागतमा सम्झौता भएको थियो ।

यस कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसीर, मालिकार्जुनका अध्यक्ष धामी, व्यासका अध्यक्ष मङ्गलसिंह धामी, दुवै देशका सुरक्षा अधिकारीको उपस्थिति थियो । महाकाली नदीमाथि नेपाल–भारत जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको छ । यअसघि व्यास ६ को तिगरम र लेकम गाउँपालिका ३ को लाली, मालिकार्जुन ७ को जौलजीविमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण भएका छन् ।

यस अवसरमा प्रमुख जिल्ला अधिकारी उपाध्यायले अब पुललाई नियमित सञ्चालनमा ल्याइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब दुवै देशका सुरक्षा अधिकारीको समन्वयमा पुल नियमित सञ्चालनमा आउँछ । नागरिकले अब तुइन तरेर महाकाली वारपार गर्नुपर्ने छैन ।’

भारत पिथौरागढका डीएम चौहानले नेपाल–भारत पुल नियमित सञ्चालनका लागि सहयोग गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नागरिकले सहज आवतजावत गर्न सकुन् भनेरै पुल बनेको हो। सहजरूपमा आवतजावतको प्रबन्ध हुन्छ ।’ पुल निर्माणमा दुवै देशका सुरक्षा अधिकारी, जनप्रतिनिधि र स्थानीयवासीको सहभागिता थियो ।

  • दार्चुला
  • बन्यो झोलुङ्गे पुल
  • हट्यो तुइन
शनिबार, जेठ १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.