• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, चैत ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

आज तेल लगाउने र नीमको पात खाने दिन

गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

आज चैते दसैँको घटस्थापना

समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

यस्तो छ आजको मौसम पूर्वानुमान, यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना

आज मिति २०८२ साल चैत्र ५ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ३. घट्यो सुनचाँदीको मूल्य

  • ४. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५. ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ६. दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • ७. माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ८. बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ९. आज तेल लगाउने र नीमको पात खाने दिन

  • १०. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

वीर अस्पतालमा पनि उस्तै कहानी,डाक्टरको कोपभाजनमा नर्सहरुको जवानी


मुलुकका विभिन्न क्षेत्रमा अगुवा र प्रतिष्ठितहरु नै यौनकाण्ड र दुराचारका घटनामा मुछिएका समाचार आउन थालेपछि बिरामीको सेवा गर्ने अस्पतालका नर्सहरुले पनि पीडा पोख्न थालेका छन् । सेतो पोशाकमा खटिएका नर्सलाई सेतै एप्रोनसहित स्टेथेस्कोप घाँटीमा भिरेका डाक्टरले कार्यकक्ष र अपरेशन थिएटरमा यौनजन्य आशयकरणी गर्दै आएको गम्भीर आरोपसहितको इमेल जनआस्थामा आइपुगेको छ ।

जनआस्थाका सम्पादकलाई सम्बोधन गर्दै प्राप्त चिठी (इमेल) मा यसरी नर्सहरुले आफ्नो पीडा पोखेका हुन् । उक्त इमेलमा लेखिएको छ:

सम्पादकज्यू,

नेपालको विभिन्न क्षेत्रमा, कार्यकक्ष र विद्यालयमा भएका र गरिएका यौनजन्य व्यभिचारका डरलाग्दा समाचारहरु दिनहुँ सुन्न थालिएको छ । फिल्मी क्षेत्र, सुन्दरी प्रतियोगिता हुँदै पछिल्लो पटक राजधानीको एउटा कलेजका शिक्षकले त्यहिँ अध्ययन गर्ने किशोरीहरुमाथि निरन्तर गर्दै आएको नरपिशाचरुपी समाचार पढेपछि हाम्रो रगत पनि उम्लिएको छ । ‘तैं चुप,मै चुप’ को अवस्थामा रहेका हामीले आँट गरेर यो पत्र लेखेका हौं ।

हामी नर्सहरु पनि कामको सिलसिलामा विभिन्न समयमा अस्पतालभित्रै पीडित भइराखेका छौं । नेपालकै केन्द्रीय अस्पताल वीरमा कार्यरत हामी त्यस्तो हर्कत सहनबाट अछुतो छैनौं । धेरै पुरुष सहकर्मी र चिकित्सकहरुले द्वैअर्थी वाक्यमा कुरा गर्ने, अनेक शव्द बोलेर हामीलाई सबैको सामुन्ने लाजले भुतुक्क पार्ने गर्दै आएका छन् ।

उनीहरुले उच्चारण गर्ने शव्द, आँखा र अनेकौं हाउभाउ तथा प्यान्टको खल्तीभित्र हात राखेर गर्ने संकेतले हामी धेरै पटक मरेर बाँचेका छौं । डाक्टररुपी बेइमानहरुको दैनिक क्रियाकलाप हामी धेरै जनालाई नियमित लाग्न थालिसकेको छ । अब त्यस्तो हर्कत हेर्ने र यदाकदा सहने बानी नै परिसक्यो भने पनि हुन्छ । तर एकान्तमा बस्दा, अरुको घटना सुन्दा र आफ्नो जीवनमाथि डाक्टरले गरेका खेलबाड सम्झिँदा कहिलेकाँही जीवनदेखि विरक्त लाग्ने गरेको छ ।

यसरी हामीलाई प्रताडित गर्नेमा प्रमुख रुपले अप्रेशन थिएटर र विशेष गरी युरोलोजीको अप्रेशन हुने दिन मुख्य हो । त्यो दिन र त्यो थिएटर सम्झिँदा पनि घरमै डर लाग्छ । अस्पताल आएपछि हामीलाई अप्रेशन थिएटर छिर्दा मूर्दा घर छिरेकोभन्दा बढी डर लाग्छ ।

युरोलोजी विभागमा कार्यरत डा. अनिल श्रेष्ठ र डा. पारसमणि श्रेष्ठ थिएटरमा छन् भने अधिकांश नर्सहरु तर्केर हिँड्छन् । तर, ड्युटी परेकाले तर्केर हिँड्ने सम्भावना नै हुँदैन । आवश्यकता नपरेसम्म त्यो थिएटर र युरोलोजी विभाग छिर्दै छिर्दैनौं । किनभने हामी एक्लै हुँदा ती डाक्टरले यौनजन्य वाक्य मात्रै बोल्छन् । परिआए जे पनि गर्छन्, के भनौं ।

उनीहरु सँधै हाम्रो अंगबारे टिप्पणी गर्छन् । हाम्रो शरीरको नापको इञ्च बताउँछन् र सम्वेदनशील अंगहरु छुने प्रयास गर्छन् । केही वर्ष अघिसम्म पारस डाक्टरले ‘श्रीमतीसँग सुत्न नपाएको धेरै भयो, तिमी आऊ न’ भन्ने गरेको अहिले जागिर छाडेर गएका दिदीहरुले पनि सुनाउनुभएको थियो । त्यसैले होला उनले दोश्रो बिहे गरिसकेका छन् ।

अनिल डाक्टरले अहिले पनि ‘पारसको त नयाँ बूढी छ, मेरो छैन, तिमी आउने हो ?’ भन्दै घुमाएर कुरो गर्छन् । वीरको पुरानो बिल्डिङमा रहेका उनीहरुको कोठामा सुटुक्क आउनको निम्ति पटक पटक खुसुक्क भन्ने र म्यासेज पनि पठाउने गरेका छन् । कतिपय हाम्रा सिस्टरलाई काठमाडौं बाहिरका कार्यक्रममा जाँदा उनीहरुले अनेक प्रयास गरेको सुनिएको छ ।

राजधानी बाहिर भएका युरोलोजीको सेमिनारमा सुटुक्क होटलमा जाने प्रस्ताव गरेका छन् । पहिले उनीहरुले आफूले मनले खाएका नर्सलाई धरान र पोखरामा लिएर पनि गएकै हुन् । यस्तो अवस्थामा हामीले प्रतिकार गर्न खोज्दा हाम्रै बेइज्जत हुने भएपछि सेतो सारीको फेरोले आँसु पुछ्नेबाहेक अरु उपाय हामीसँग छैन ।

त्यस्ता चिकित्सकको कुरो नमान्दा वा प्रतिकार गर्दा उनीहरुले सबै हाकिमको सामुन्ने काम बिगार्यो भनेर गाली बेइज्जती गर्ने, अस्पतालको निर्देशकसम्म कुरो पुर्याउने गरेर हैरानी दिने गरेका छन् । निर्देशकसँग उनीहरुकै राम्रो सम्बन्ध भएकाले हाम्रो अनुनय विनयको कहिल्यै सुनुवाई भएन । कतिपयले बाध्य भएर जागिर छाडे ।

तर नयाँ जागिर पाउन गाह्रो हुने भएकाले बाध्य भएर खुलस्त रुपमा कहिल्यै व्यक्त गर्न सकेका छैनौं । केही साथीले पहिले अप्रेशन थिएटर इञ्चार्जसँग कुरा गर्दा पनि कुनै कदम नचालिएपछि नर्सहरुले जागिर छाडेर जानुपर्ने अवस्था बनेको थियो ।

अहिले पनि हामी अगाडि आउन सकेका छैनौं । हाल देशभर यस्ता समाचार आइराखेकाले सम्बन्धित निकायहरुले हाम्रो समस्यामा पनि चासो राखेर विशेष गरी यी दुई चिकित्सकलाई कारवाहीको दायरामा ल्याइदिने हो भने हामी थप पीडित हुन पर्दैनथ्यो । त्यसो गर्दा त्यस्तै मनशायका अरु धेरै पुरुष सहकर्मीलाई पनि पाठ हुने थियो ।

वीर अस्पतालका पीडित नर्सहरु (यसवारे प्रतिक्रिया लिन खोज्दा अस्पताल प्रशासनबाट उल्लिखित डाक्टरहरुको सम्पर्क नम्बर उपलब्ध हुन सकेन )

Aastha

  • उस्तै कहानी
  • डाक्टर कोपभाजनमा
  • नर्सहरुको जवानी
  • वीर अस्पतालमा पनि
शनिबार, जेठ १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
आज तेल लगाउने र नीमको पात खाने दिन
गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
आज चैते दसैँको घटस्थापना

लोकप्रिय

  • १.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ३.
    घट्यो सुनचाँदीको मूल्य

  • ४.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५.
    ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ६.
    दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

भर्खरै

  • १.
    निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने

  • २.
    आज तेल लगाउने र नीमको पात खाने दिन

  • ३.
    गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ४.
    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

  • ५.
    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

  • ६.
    आज चैते दसैँको घटस्थापना

  • ७.
    समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने

  • ८.
    यस्तो छ आजको मौसम पूर्वानुमान, यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.