• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, माघ २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

बालेनलाई मिडियाको बालमतलब , बालेनमा मात चढ्न थालेको भन्दै चर्को आलोचना ! के होला सत्यता ??


घटना बिहीबार दिउँसोको हो । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुन लागेका बालेन्द्र शाह पछिल्लो मतगणनाको अवस्थाबारे बुझ्न मतगणनास्थल राष्ट्रिय सभागृह पुगेका थिए ।

त्यहाँ उनले आफ्ना केही शुभेच्छुकहरुसँग सेल्फी खिचे । त्यो देख्नासाथ अघि कतिबेलादेखि भोक र तिर्खा पनि नभनी कुरेर बसेका सञ्चारकर्मीहरुले उनीतिर क्यामेरा सोझ्याए । मेयरमा निर्वाचित भइसकेपछि गर्ने कामहरुका बारेमा प्रतिक्रिया लिन खोजे । उनीतिर माइक अघि बढाए ।
तर, बालेनले ती सञ्चारकर्मीहरुलाई देखेको नदेख्यै गरे । राजशी शैलीमा फटाफट अघि बढे र आफ्नो सेतो रङको कारभित्र पसे । लगत्तै कारको सिसा लगाएर सभागृह परिसरबाट बाहिरिए । सञ्चारकर्मीहरु उनको शैली देखेर हेरेको हे¥यै भए ।

यो त भयो बिहीबारको घटना । केही दिनअघि हिमालय टेलिभिजनका पत्रकारलाई पनि उनले त्यसै गरी उपेक्षा गरेका थिए । ती पत्रकारले पछिल्लो मत परिणामबारे प्रतिक्रिया लिन खोज्दै गर्दा उनी उपेक्षापूर्वक त्यसैगरी हिँडेका थिए ।

केही घन्टामै त्यो भिडियो भाइरल भयो । त्यससँगै बालेनमा मात चढ्न थालेको भन्दै चर्को आलोचना भयो । केही शुभेच्छुकहरुले चाहिँ तनावका कारण प्रतिक्रिया दिन नचाहेको हुनसक्छ भन्ने धारणा राखेका थिए ।

विजय सुनिश्चित भएसँगै बालेनमा एकएक यस्तो बदलाब किन आयो त ? के उनमा विजयको उन्माद चढेको हो ? के उनी राजनीतिक दलका राजनीतिक नेताहरु झैं बेमतलवी हुन थालेका हुन् ? उनको यसखाले गैरजिम्मेवारपूर्ण व्यवहारले उनका बारे अनेक खाले प्रश्न उत्पन्न भएका छन् ।

जब कि मतदान हुनुअघिसम्म उनी यस्ता थिएनन् । उनी अन्तर्वार्ताका लागि बोलावट हुने हरेक सञ्चारगृहमा पुग्थे । ठूलाखाले वा सानाखाले मिडिया भनेर भेदभाव गर्दैनथे । सबै सञ्चारमाध्यमहरु प्रति समभावको व्यवहार गर्थे । पत्रकारहरुले कडाभन्दा कडा प्रश्न सोध्दाखेरि पनि विनम्र शैलीमा प्रस्तुत हुन्थे ।

एकजना विश्लेषकको भनाइमा बालेनालाई मिडियाले उचालेरै यो अवस्थामा पु¥याएको हो । त्यो गुन सम्झेर पनि अहिले उनले आफ्नो चरित्र नबदल्नु पर्ने हो । तर पछिल्ला व्यवहार हेर्दा उनमा मात चढेको देखिन्छ ।

खासमा चुनावी प्रचारका दौरान मिडियाकर्मीहरुले उनका एजेण्डालाई हेरेर साथ दिएका थिए । त्यो साथले उनलाई बढीभन्दा बढी मतदाताको नजरमा पुग्न मद्दत पुग्यो । देश विदेशमा रहेकाहरुले उनका एजेण्डाहरुका बारेमा जान्न पाए । अन्ततः मिडियाले दिएको त्यो साथ र सहयोग नै मतमा रुपान्तरित हुन पुग्यो ।

मिडियालाई बढीभन्दा बढी उपयोग गर्ने र साथ लिने बालेनको नीतिकै कारण सुशील थापा, सुमन सायमी, प्रेमसागर कर्माचार्यजस्ता योग्य कतिपय उम्मेदवारहरु ओझेल परे । बालेनको लोकप्रियता एकाएक चुलियो । उनका सामु अरु सबै फिक्का सावित भए ।

आखिर उनी किन फेरिए ? एक पुराना पत्रकार भन्छन्, “ उनले अहिले प्रतिकृया नदिउँ । बिजय घोषणा भएपछि बोलुँला नि” भनेर पनि त ती मिडियाकर्मीलाई चित्त बुझाउन पनि सक्थे ! “यो मेरो जीतमा तपाईंहरुको साथ र सहयोगको पनि महत्वपूर्ण भूमिका छ, त्यसका लागि हृदयदेखि आभार प्रकट गर्छु” भनेर उल्टै प्रशंसा पनि त गर्न सक्थे !

तर, यी सब कुरा नगरी पूरै उपेक्षा गरेर हिँडेको देख्दा उनमा राजशी उन्माद चढेको प्रष्ट बुझ्न सकिन्छ । उनको व्यवहारले उनी पनि अरु नेताहरुभन्दा भिन्न अर्थात् नेपाली जनताले खोजेको सर्वप्रिय पात्र बन्न सक्दैनन् कि भन्ने आशंका उत्पन्न भएको छ ।

यद्यपि उनले थाहा नपाएको कुरा के हो भने चुनावका बेला मिडियाहरुले उनलाई जसरी खुलेर साथ र सहयोग दिएका थिए, कुनै पनि दिन त्यो साथ र सहयोग बिरोधमा बदलिन बेर लाग्दैन । त्यो बेला उनी टेक्ने न समाउने अवस्थामा पुग्ने छन् ।

आजको प्रेस

  • उम्मेद्वार
  • काठमाडौँ महानगर
  • बालेन्द्र शाह
  • मेयर
बिहिबार, जेठ १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.