कांग्रेसको गढ भरतपुर १८ मा एमालेको प्यानलनै विजयी
जेठ ८ ,चितवन ।भरतपुर महानगरको वडा नम्बर १८ मा एमालेका तर्फबाट बाबुराम रानामगर वडाध्यक्षमा विजयी हुनुभएको छ । कांग्रेसको गढ मानिएको क्षेत्रमा एमाले विजयी बनेको हो ।
रानामगरले कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवारलाई १ सय ६६ मतान्तरले पराजित गर्नुभएको हो । एमालेले वडा नम्बर १८ मा प्यानलनै जितेको छ । वडाध्यक्षमा एमालेका बाबुराम रानामगरले १ हजार ६ सय ३१ मत ल्याउनुभएको छ । यस्तै सदस्यहरुमा कृष्णभक्त भट्टराईले १ हजार १ सय ४६, विमलकुमार लामाले १ हजार २ सय ७४, लक्ष्मीदेवी शर्मा अधिकारीले १ हजार १ सय ६७, डिलकुमारी विश्वकर्माले १ हजार २ सय ७० मत ल्याएर विजयी हुनुभएको छ ।
कांग्रेसको गढ भरतपुर १८ मा एमालेको प्यानलनै विजयी
कांग्रेसको गढ भरतपुर १८ मा एमालेको प्यानलनै विजयी

तपाईको प्रतिक्रिया