×
सोमबार, असार ०२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल

WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ७. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • ८. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ९. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

  • १०. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

धेरै मत गन्नै बाँकी छ, अन्तिममा जित्ने मैले नै हो : विजय सुवेदी


सबैभन्दा चर्चा र चासोमा रहेको चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी छ । भरतपुरको मेयरमा सत्ता गठबन्धनकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिस्पर्धा जारी छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका सुवेदी गठबन्धनकी उम्मेदवार दाहालभन्दा तीन हजारभन्दा बढी मतले पछाडि परेका छन् । पछिल्लो मतपरिणामबारे एमालेका मेयर उम्मेदवार सुवेदीसँगको कुराकानी

 

मतगणना जारी रहँदा तपाईं धेरै मतान्तरले पछाडि पर्नु भएको छ । पछिल्लो मतपरिणामबारे यहाँको विश्लेषण के छ ?

 

महानगरमा एक लाख २७ हजारभन्दा बढी मत खसेको छ । त्यसमध्ये अहिले ३८ हजारभन्दा बढी मतगणना भएको छ ।अरु बाँकी नै छ । त्यसकारण उतारचढाव भइहाल्छ । अगाडि बढ्ने पछाडि हट्ने भई नै हाल्छ ।

 

भरतपुर वडा नम्बर ७ को नतिजालाई तपाईं उम्मेदवारका हिसाबले कसरी मूल्यांकन गर्नुहुन्छ ?

 

मेरो विचारमा अहिले मतान्तरको हिसाबले अहिले मेरो मत घट्दै नै जान्छ १० नम्बर वडासम्म । ११ र १२ मा सूर्यलाई आउने मत बढ्छ । त्यसपछि १३, १४ र १५ वडामा फेरि केही घट्छ । त्यसपछि १६, १७ र १८ लागेपछि लगातार बढ्छ र अन्त्यमा हाम्रो पक्षमा नतिजा आउँछ भन्ने विश्वास छ ।

 

अहिले एमालैकै मत पनि क्रस भएको देखिन्छ । यहीँ कारणले तपाईंले भनेजस्तो मत नआउने हो कि भन्ने लाग्दैन ?

 

पहिले र अहिलेको गठबन्धनमा फरक छ । पहिलेको गठबन्धनमा वडामा तालमेल भएको थिएन । पहिलेको निर्वाचनमा वडा-वडामा प्रतिस्पर्धा भएको थियो । वडा-वडामा प्रतिस्पर्धा भएकाले त्यहाँ मेयर र उपमेयरमा तलको वडाको पोजिसनका आधारमा भोट दिने कि नदिने भन्ने कुरा हुन्थ्यो । यो पटक चाहिँ गठबन्धनका साथीहरूले वडातहसम्म तालमेल गर्नुभएकाले मत तलमाथि भएको छ । विशेषगरी हाम्रो मत चाहिँ हामीले राप्रपासँग तालमेल गर्दा राप्रपाको हलो चिह्न अर्कोपट्टि धेरै तल हुँदा कन्फ्युज हुँदा माथि पनि मेयरलाई तल पनि मेयरलाई यस्तो मत धेरै देखिन्छ । विभिन्नखाले मत छन्, त्यसकारणले मतदानसम्बन्धी शिक्षा अलिक अपुग भएको जस्तो देखिन्छ । तर, त्यसमा धेरै ठूलो प्रतिशत त्यस्तो छैन ।

 

वडामा व्यक्तिगत रूपमा गठबन्धन गरेजस्तो पनि देखियो, जस्तो एउटा भोट हँसिया हथौडा अर्को सूर्यमा हालेको पनि देखियो । तपाईंलाई आउनुपर्ने मत आएन जस्तो लाग्दैन ?

 

IslingtonISMT

गठबन्धन नै त होइन, तर विभिन्न रोजाइ हुन्छन् । कतिपय वडाध्यक्षलाई रोजाइ हुन्छन् कतिपय सदस्यमा । कतिले जितेका छन् कसैले हारेका छन् । विभिन्न प्रकारको रोजाइ हुन्छ । त्यसकारण वडामा गठबन्धन नै थियो, तालमेल थियो अथवा मिलेका थिए भनेर अर्थ निकालेर बुझ्नु हुँदैन ।

 

पाँच दलीय गठबन्धनले तपाईंको मत चोरिरहँदा तपाईंले पनि त्यसैगरी चोर्नुभएको छ कि छैन ?

 

हाम्रो त्यस्तो मत छैन । कतिपय व्यक्तिगत रूपमा विभिन्न राजनीतिक पार्टीका साथीहरूले मलाई दिने मत पनि आएका छन् । कतिपय मलाई दिने मत पनि गएका छन् । यो त स्वाभाविकै कुरा हो जस्तो लाग्छ । किनभने यो रोजाइमा सबै मान्छे पार्टीको हिसाबले संगठित भएर जति जना सदस्य छन्, त्यहीँ मात्रै गनेर र त किन चुनाव गर्नुपर्‍यो र ! त्यसकारण व्यक्तिको पार्टी पनि हुन्छ, व्यक्तिको आफ्नो रोजाइ पनि हुन्छन् । यी सबै कारणले मत तलमाथि हुन्छ ।

छिटपुट घात अन्तर्घात केही देख्नुभएको होला नि मतगणना स्थलमा बस्दा ?

 

मैले त्यस्तो रूपमा लिएको छैन । मतदानमा विभिन्न कुराको प्रभाव पर्न सक्छ । नातागोता, सरसम्बन्ध र अरु विभिन्न प्रशासनिक दबाब पर्न सक्छ र आर्थिक चलखेल त कति थियो भन्ने कुरा त रातरात हाम्रो साथीहरूले गाडी पनि समात्नुभएको थियो । गीतानगरमा एक ठाउँमा मात्र समाइएको हो, अरु ठाउँमा त उहाँहरूको (गठबन्धन) बीचमा पैसा बाँड्ने गाडी हुन्छ अगाडि, पछाडि पुलिसको गाडी हुन्छ, पचासौँ करोड खर्च गरियो भन्ने कुरा आएका छन् । त्यो सबै कुरा के कस्ता हुन् भन्ने भोलि समीक्षामा आउला, त्यसको केही प्रभाव पनि मतदानमा पर्‍यो होला । मेरो विचारमा सार्वभौम सत्ता सम्पन्न नागरिकहरूले जुन मतदान गर्नुभएको छ, बाक्सामा छ त्यो बाक्साको मत जस्ताको तस्तै मतगणना भएर बाहिर आउँछ । त्यो हाम्रो पक्षमा आउनेमा हामी विश्वस्त छौँ ।

 

कांग्रेसको बागी उम्मेदवार जगन्नाथ पौडेलजीको चुनाव चिह्न भुइँकटहरमा अहिले जुन मत आइरहेको छ, त्यो मत आइरहँदा तपाईंको अग्रता हुनुपर्ने हो खासमा तर तपाईंको अग्रता किन बढेन ?

 

अघिल्लो पटक दिनेश कोइरालाजीको उम्मेदवारी जबर्जस्ती खोसिएको थियो । तर, यो पटकको गठबन्धन लामो समयको प्रक्रियामा भएको र राष्ट्रव्यापी एक प्रकारको कोर्ष पूरा गरेर आएकाले मेरो विचारमा चितवनको राजनीतिक हिसाबले त्रिकोणात्मक शक्ति सन्तुलन नै हो । यहाँ एमाले, कांग्रेस र माओवादी त्रिकोणात्मक शक्ति सन्तुलन हो । यो शक्ति सन्तुलनमा कांग्रेसका साथीहरू जगन्नाथजीले जुन हिसाबले उम्मेदवारी दिनुभएको छ । कांग्रेसको एक तप्कालाई त त्यसले समेटेको छ तर सम्पूर्ण तप्कालाई त्यसले समेट्न सकेन । अर्को तप्का त फेरि माओवादीसँग गठबन्धनमा छ नि ।

 

मतलब तपाईंहरूलाई उल्टै घाटा लाग्यो उहाँको उम्मेदवारीले ?

 

जगन्नाथजीलाई जाने सर्लक्कै मत हामीलाई पो आउँथ्यो कि ! तर, सत्ता गठबन्धनको विपक्षको जुन मत छ । पाँच दलीय गठबन्धन नचाहने र भरतपुर महानगरको विकासलाई नयाँ कोर्षबाट अगाडि लैजान चाहने कांग्रेसको जुन शक्ति थियो त्यो शक्तिको मत अहिले जगन्नाथजीलाई गयो । जगन्नाथजी नउठ्नुभएको भए त्यो मत हामीलाई आउँथ्यो । जसले भरतपुर महानगरको साँचो विकास चाहन्थे, यथास्थितिवादलाई तोड्न चाहन्थे, त्यो मत पनि जगन्नाथजीलाई गयो । जसले मलाई थोरै मत घाटा भएको हुन सक्छ । यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ । तर, अहिले नै सबै कुराको विश्लेषण गर्ने बेला भएको छैन, अझै ८५-९० हजार मत गन्नै बाँकी छ । त्यसले अन्तिम समयसम्म जाँदा हाम्रो पक्षमा मत आउँछ भन्ने मलाई विश्वास छ ।

 

मतगणना अन्तिमसम्म शान्तिपूर्ण तरिकाले हुन सक्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

 

मुख्य कुरा मतगणना शान्तिपूर्ण हिसाबले होस् र स्वच्छ हिसाबले मतपरिणाम आओस् भन्ने हो । निष्पक्ष हिसाबले भएको निर्वाचनलाई सबैको साथ सहयोग रहन्छ । परिणामलाई सबैले स्वीकार गर्छन् । भोलि महानगरको विकासका लागि हामी सबै मिलेर जाने वातावरण बन्छ । गएको पाँच वर्ष त्यति राम्रो सम्बन्ध हुन सकेन । किन हुन सकेन भने गएको निर्वाचनमा मतगणनामा जुन प्रकारको प्रक्रिया भयो त्यसको तुष पाँच वर्षसम्म रहिरह्यो । यो निर्वाचनमा त्यस्तो नहोस् । हामी शान्तिपूर्ण तरिकाले आऔँ । निर्वाचनको परिणाम त केही दिनपछि आइहाल्छ । त्यसपछि पाँच वर्षपछि हामीले भरतपुरको महानगरको विकास गर्नुछ । भरतपुरलाई आर्थिक हिसाब पनि केन्द्रभागमा राखेर काम अगाडि बढाउनुछ । सबैले सहज ढंगले काम गर्नुपर्ने वातावरण बन्नुपर्नेछ । म महानगर प्रमुख हुँदा पनि अरुले सहयोग गर्ने वातावरण बन्नुपर्छ र अरु हुँदा पनि सबैले सहयोग गर्ने वातावरण बन्नुपर्छ । मेरो विचारमा अब गन्न बाँकी रहेको मत हाम्रो पक्षमा आउनेछ र महानगर प्रमुखको जिम्मेवारी महानगरवासीले दिनुभएको छ भन्ने विश्वास छ ।

 

 

  • अन्तिममा जित्ने मैले नै हो
  • धेरै मत गन्नै बाँकी छ
  • विजय सुवेदी
बिहिबार, जेठ ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न
WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह
ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

भर्खरै

  • १.
    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • २.
    आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ४.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ५.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ६.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ७.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.