×
सोमबार, असार ०२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल

WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ७. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • ८. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ९. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • १०. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

भरतपुरमा २०७४ मा देवी ज्ञवालीको भन्दा कम मत विजयले पाएपछि एमालेमा चिन्ता


चितवन : भरतपुर महानगरपालिकाको वडा नम्बर १, २ र ३ मा गत निर्वाचनमा नेकपा एमालेका मेयर पदका उम्मेदवार देविप्रसाद ज्ञवालीले पाएको भोट माओवादी केन्द्रकी रेनु दाहालको भन्दा १ हजार ६ सय ७८ ले बढी थियो।

 

यसपालि यी तीन वडाको मतगणना सकिँदा एमालेका विजय सुवेदीको अग्रता ५० मात्रै भयो।

 

सुवेदीले ३ हजार ९ सय ४४ मत ल्याउँदा दाहालले ३ हजार ८ सय ९४ ल्याइन्।

 

अघिल्लो निर्वाचनको तथ्यांक केलाउँदा एमालेका लागि भरतपुर महानगरका यी तीन यस्ता वडा हुन् ती वडाको भूमिका कांग्रेस-माओवादीसहितको गठबन्धनलाई ६, ७ र ८ नम्बरमा क्षतिपुर्ति तिर्न महत्वपूर्ण हुन्छ। कांग्रेसको गढ मानिने वडा नम्बर ६,७ र ८ मा गत निर्वाचनमा कांग्रेस-माओवादीकी साझा उम्मेदवार दाहालले ज्ञवालीले भन्दा १ हजार ५३१ भोट बढी ल्याएकी थिइन्।

 

बीचमा रहेको वडा नम्बर ४ मा दाहालले ६५ भोटले र ५ मा ज्ञवालीले ५६ भोटले अग्रता लिएका थिए।

 

ज्ञवाली आफूले ती वडामा बढाएको मत यसपालि कांग्रेसका बागी जगन्नाथ पौडेलले काटिदिएको हुनसक्ने बताउँछन्। झट्ट हेर्दा देखिन्छ पनि त्यस्तै। जगन्नाथको चुनाव चिन्ह भुइँकटहरमा यी वडामा गरेर १ हजार ५ सय ७२ भोट खसेको छ।

 

वडा नम्बर १ र २ मा ११ प्रतिशत भोट ल्याएका जगन्नाथले ३ मा २० प्रतिशत ल्याए। वडा नम्बर ४ को प्रारम्भिक गणनामा उनको भोट अझै बढी देखिएको छ। गणनामा सहभागी एक कर्मचारीकाअनुसार यो वडामा भुइँकटहरमा २५ प्रतिशत मत आइरहेको छ।

 

जगन्नाथले पाइरहेको मतको असर गठबन्धनलाई त परेको छ नै, त्योभन्दा बढी असर एमालेलाई परिरहेको छ। एमाले फुटेको बेलामा बनेको गठबन्धनले भरतपुरमा एमालेलाई ठूलो मतान्नतरले पराजित गर्ने आँकलन गरेको थियो। एमालेले जगन्नाथले कांग्रेसको भोट काट्ने र त्यसको फाइदा आफूलाई हुने ठानेको थियो।

 

तर अहिलेसम्मको भोटको ट्रेन्ड हेर्दा मतान्तर फराकिलो पार्ने गठबन्धनको चाहना र भुइँकटहर सहयोगी हुने एमालेको आँकलन दुबै गलत देखिन्छ।

 

गठबन्धन र एमाले दुवैतर्फका नेताहरू अहिले भरतपुरका धेरै मतदाता भएका १०, ११ र १२ नम्बर वडा र पश्चिम चितवनमा आफ्नो भोट बढी आउने र जित्ने दाबी गरिरहेका छन्।

 

गत निर्वाचनमा वडा नम्बर ९ देखि १५ सम्म ज्ञवालीले, १६ देखि २० सम्म दाहालले अग्रता लिएका थिए। २१, २२ र २३ मा ज्ञवालीको, २४ देखि २९ सम्म दाहालको भोट बढी आएको थियो।

 

अन्तत: दाहालले ज्ञवालीलाई २०३ भोटले हराएकी थिइन्।

 

 

  • एमालेमा चिन्ता
मङ्गलबार, जेठ ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते
धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद
गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै
नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान
गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु
WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

भर्खरै

  • १.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • २.
    धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ३.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ४.
    नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

  • ५.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ६.
    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.