चितवन : चितवनको भरतपुर महानगरपालिका प्रमुखका लागि नेकपा एमालेका विजय सुवेदीले ३ मतले फड्को मारेका छन् । एक समय सय भन्दा बढीले पछि परेका विजयले ३ मतले पुन अग्रता कायम गरेका हुन् । जहा विजयले २४६८ मत कायम गरेका छन् भने २४६५ मत माओवादी केन्द्रकी रेनु दाहालले कायम गरेकी छन् । त्यसैगरि कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८०५ मत कायम गरेका छन् ।
उता उपमेयरमा भने गठबन्धनबाट नै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २७०१ मत र एमाले राप्रपा गठबन्धनकी उम्मेदवार हिमला गुरुङले १९७५ मत कायम गरेकी छन् ।