चितवन : चितवनको राप्ती नगरपालिका प्रमुख सत्ता गठबन्धनले अग्रता कायमै राखेको छ ।
जारी मतगणना अनुसार सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका शमशेर लामाले अग्रता लिइरहेका छन् । उनले हालसम्म दुई हजार ४६९ मत ल्याएका छन् ।
उनलाई नेकपा एमालेका गोविन्द कंडेलले पछ्याईरहेका छन् । कंडेलले दुई हजार २६७ मत प्राप्त गरेका छन् । लामा र कंडेलबीच दुई सय दुईको मतान्तर छ ।
उता नगर उपप्रमुखमा भने एमालेकी मेनुका पाठकले अग्रता लिएकी छिन् । उनले हालसम्म दुई हजार ५९१ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट नेपाली कांग्रेसका देवेन्द्र लामाले दुई हजार २५३ मत प्राप्त गरेका छन् । पाठक र लामा तीन सय ३८ को मतान्तर छ ।