चितवन : भरतपुरमा रोकिएको मतगणना पुन: सुरु भएको छ । आंशिक स्वस्तिक छाप भएको मतपत्रलाई बदर गर्ने सहमतिपछि मतगणना पुनः सुरु भएको हो ।
स्थगित भएको २५ मिनेटपछि मतगणना पुनः सुरु भएको हो ।स्वस्तिक छाप प्रष्ट नभएको मतपत्र बदर गर्दा नेकपा एमालेले विरोधपछि मतगणना स्थगित भएको थियो ।
मतगणना स्थगित सहमति जुटाउन सर्वदलीय बैठक बसेको थियो । मतगणनास्थलमै बसेको सर्वदलीय बैठकले चुनाव चिह्नमा परेको आंशिक छापलाई बदर गर्ने सहमति गरेपछि मतगणना पुन: सुरु भएको हो ।