भरतपुर : चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायमै राखेकी छिन् ।
रेणुले एमालेका विजयी सुवेदीलाई ११० मतले पछाडि पारेकी छिन् । ३१६८ मतगणना हुँदा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेणु दाहाले ११७८ मत पाएकी छिन् । रेणुलाई पछ्याइरहेका एमालेका सुवेदीले १०६८ मत पाएका छन् ।
कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४११ मत पाएका छन् ।
आइतबार बिहानसम्म ३१६८ मत मतगणना सकिँदा बदर मत पनि बढेको छ ।
हालसम्म मेयरमा ३०० मत बदर भएको हो । उपमेयरमा २२४ मत बदर भएको जानकारी गराइएको छ ।