• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, साउन २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

मत गणना सकिएका १२ पालिकामध्ये एमाले ६ र कांग्रेस तीनमा विजयी


काठमाडौं : हालसम्म मतगणना सकिएका १२ पालिकामध्ये नेकपा एमालेले ६ स्थानमा विजय हासिल गरेकाे छ भने नेपाली कांग्रेस तीन पालिकामा विजयी भएकाे छ । मनाङकाे सबै पालिकाको मत गणना सकिएको छ । मनाङका दुई पालिका एमाले र दुई पालिकामा कांग्रेसले जितेको छ ।

त्यस्तै, मुस्ताङको चार पालिकाको पनि मत परिणाम सार्वजनिक भइ सकेकाे छ । जहाँ तीन पालिका एमालेले जितेको छ । त्यस्तै, डोल्पाको एक पालिका पनि एमालेले जितेको छ ।

 

१२ पालिकामध्ये एमाले पहिलो स्थानमा, कांग्रेस दोस्रो र नेकपा एकीकृत समाजवादी दुई पालिका जितेर तेस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्रले एक पालिका जितेकाे छ ।

नेपाली कांग्रेसले मनाङका दुई र मुस्ताङका एक गरी तीन पालिका जितेर दोस्रो स्थानमा छ । नेकपा एकीकृत समाजवादी दुई पालिका निर्विरोध निर्वाचित भएको हाे । भने नेकपा माओवादी केन्द्रले डोल्पाबाट खाता खोलेको छ ।

नेकपा एमाले

मनाङकाे चामे गाउँपालिकाकाे अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले दोस्रो पटक निर्वाचित भएका छन् । ६ सय १० मत खसेको गाउँपालिकामा उनले तीन सय २० मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले दुई सय ७९ मत पाए । उपाध्यक्षमा भने तीन सय २५ मत ल्याउँदै कांग्रेसकी मिङ्मार डोमा लामा विजयी भएकी छिन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा यो पालिकाको अध्यक्षमा घले नै निर्वाचन चएका थिए भने उपाध्यक्ष कांग्रेसले जितेको थियो । यो पटक पनि उपाध्यक्ष कांग्रेसले नै जितेको हो ।

त्यस्तै मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले निर्वाचित भएका छन् । घले आठ सय ६१ मत ल्याई विजयी भएका हुन् । कांग्रेसका छिरिङ ओङ्मा गुरुङले सात सय १३ मत पाए । उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ सात सय ४४ मत ल्याई विजयी भए । कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले सात सय १९ मत पाए ।

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा पनि एमाले विजयी भएको छ । एमाले उम्मेदवार लोप्साङ छोम्पेल विष्ट विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका देवबहादुर गुरुङ एक सय ८५ मत प्राप्त गरेका छन् । विष्ट यसअघि ०७४ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित भएका थिए ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पनि एमाले विजयी भएको छ । एमालेका रिङ्जिन नामगेल गुरुङ आठ सय ६७ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका आङ्जेन गुरुङले पाँच सय ७७ मत ल्याए । उपाध्यक्षमा एमालेकै ढिकी गुरुङ सात सय ४९ मत ल्याई विजयी भएकी छिन् । कांग्रेसकी धेच आङ्मो गुरुङले ६ सय ७७ मत ल्याएकी छन् ।

मुस्ताङकै लोमान्थाङ गाउँपालिकामा एमालेका टसी गुरुङ विजयी भएका छन् । उनले कांग्रेस उम्मेदवार टासी नुर्वु गुरुङलाई एक सय ५४ मतान्तरले पराजित गरेर विजयी भएका हुन् । टसीले ६ सय ६८ मत पाउँदा टासी नुर्बुले पाँच सय १४ मत मात्रै ल्याए ।

उपाध्यक्षमा एमालेकै छिमी विष्ट विजयी भएकी छिन् । उनले कांग्रेसकी छिरिङ ढाेका गुरुङलाई ९४ मतान्तरले हराइन् । छिमीले ६ सय ३२ मत पाउँदा छिरिङले पाँच सय ३८ मत पाइन् ।

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको अध्यक्ष एमाले उम्मेदवार विजयी भएका छन् । एमाले उम्मेदवार धावा सम्डुक गुरूङ निर्विरोध वियजी भएका हुन् । नेकपा एमाले डोल्पाका सचिव समेत रहेका गुरूङबाहेक अन्य कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन् ।

नेपाली कांग्रेस :

नेपाली कांग्रेस अहिलेसम्म तीन पालिकामा विजयी भएको छ । सबैभन्दा बढी क्षेत्रमा अग्रता लिइरहेका कांग्रेसले मनाङको दुई गाउँपालिका र मुस्ताङको एक पालिका गरी तीन पालिकामा विजयी भइसकेको हो ।

मनाङको नार्पा भूमि गाउँपालिका र नासोँ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले अध्यक्ष जितेको छ । नार्पा भूमिबाट कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । लामा एक सय ५८ मतसहित गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले एक सय ११ मत पाए । खसेको तीन सय चार मतमध्ये ३५ मत बदर भएको छ ।

उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भइसकेका छन् । नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा ०७४ सालमा नेपाली कांग्रेसले नै जितेको थियो । त्यसबेला यहाँ निर्विरोध अध्यक्ष चयन भएका थिए ।

मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी भएका छन् । उनले आठ सय २० मत ल्याएका छन् । एमालेका मनबहादुर गुरुङले ६ सय ४६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादीका वेदबहादुर गुरुङ नाै सय १३ मत प्राप्त गरेर विजयी भएका छन् ।

त्यस्तै, मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन् । उनी सात सय ६० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका सञ्जयकुमार थकालीले सात सय ५८ मत ल्याए ।

२०७४ सालमा नेकपा एमालेको तर्फबाट आशबहादुर थकाली विजयी भएका थिए । उपाध्यक्षमा कांग्रेसकी जमुना थापा मगर ६ सय ९३ मत ल्याई विजयी भएकी छन् । एमालेकी मिमकुमारी शेरचनले ६ सय १८ मत ल्याइन् ।

नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले पनि खाता खोलेको छ । डाेल्पाकाे जगदुल्ला गाउँपालिकामा उसले खाता खोलेको हो । माओवादीका नारा सिं रोकायले सात सय ७० मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी एमालेका हेमबहादुर महतराले सात सय ४६ मत प्राप्त गरे । उपाध्यक्षमा पनि माओवादीकै अमृता बोहोरा सात सय ५९ मत ल्याई विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी एमालेकी चन्द्रावती थापाले सात सय ४९ मत प्राप्त गरिन् ।

नेकपा एकीकृत समाजवादी निर्विरोध

नेकपा एकीकृत समाजवादीले डोल्पाका दुई पालिकामा निर्विरोध भइसकेको छ । काइके गाउँपालिका अध्यक्षमा अंगदकुमार राना निर्विरोध भएका थिए । उपाध्यक्षमा कांग्रेसका निमा बुढा निर्विरोध भएका थिए । २०७४ सालमा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

डोल्पाकै छर्का ताङसोङ गाउँपालिकमा नेकपा एकीकृत समाजवादी सोनाङ गुरुङ निविरोध भएका थिए । २०७४ सालमा उनी स्वतन्त्रबाटै पालिका अध्यक्ष बनेका थिए ।

  • एमाले ६
  • कांग्रेस तीनमा
  • विजयी
शनिबार, बैशाख ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक
फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर
आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन
अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

लोकप्रिय

  • १.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

भर्खरै

  • १.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • २.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ४.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ६.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

  • ८.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.