फ्रान्स : फ्रान्समा एक नेपाली युवकको कार दुर्घटनामा परेर मृत्यु भएको छ।
फ्रान्सको लेजन आर्मीमा कार्यरत सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का २४ वर्षीय असल राईको शनिबार दुर्घटनामा परेर मृत्यु भएको हो।
राई विगत केही वर्षदेखि फ्रान्सको काल्भी भन्ने टापुमा लेजन आर्मीमा कार्यरत थिए।
उक्त दुर्घटना काल्भीकै सडकमा भएको हो।