काठमाडौं : दोलखा तामाकोशी गाऊँपालिकाको भिरकोटमा मतपत्र लुटिएको छ ।
बुधबार दिउँसो वहालवाला वडा अध्यक्ष तथा नेपाली काँग्रेसका नेता महेश काफ्लेको नेतृत्वमा १ सय २५ वटा मतदाता परिचय पत्र लुटिएको स्थानीयले बताएका छन् ।
मतदाता परिचयपत्र बोकेर मतदान केन्द्रबाट भागेका काफ्लेलाई प्रहरीले नियन्त्रण लिएको दोलखाका प्रहरी नायब उपरिक्षक गंगा पौडेलले जानकारी दिनुभयो ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर तामाकोशीका सबै मतदान केन्द्रमा सिसि क्यामरा जडान गरिए पनि क्यामरा अफ गरेर मतदाता परिचय पत्र लुटिएको बताइएको छ ।
नेकपा एमालेको तर्फबाट तामाकोशी गाउँपालिका अध्यक्ष पदका उम्मेरदवार अभिषेक सुवेदी,वडा नं १ का वडाध्यक्ष पदका उम्मेरदवार वसन्त थापा र नेकपा माओवादीको तर्फबाट वडाध्यक्ष पदका उम्मेरदवार शुरेस उप्रेतीको पहलमा प्रहरीलाई बुझाइएको हो ।