• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

दलितलाई प्रमुख पद दिन राजनीतिक दलको कन्जुस्याँई

नवलपरासी : राजनीतिक दलले दलितलाई प्रमुख पद दिन कन्जुस्याँई गरेका छन ।

ठूलो पदमा जाने इच्छा हुँदाहुँदै पनि राजनीतिक दलले सानो पदमै सीमित गर्ने गरेको दलित उम्मेदवारहरुले गुनासो गरेका हुन् । दलित समुदायबाट गाउँपालिका र नगरपालिकाको प्रमुख-उपप्रमुखमा उम्मेदवार बनाउन ठूला दलले आनाकानी गरिरहेको समयमा पश्चिम नवलपरासीका केही साना दलले भने उदारता देखाएका छन। पश्चिम नवलपरासीमा कानूनले अनिवार्य गरेको आरक्षण कोटाबाहेक अन्य पदमा पनि साना दलहरुले दलित समुदायबाट उम्मेदवार बनाएका हुन् ।

पश्चिम नवलपरासीमा सात स्थानीय तह छन। दलितबाट प्रमुख-उपप्रमुखमा उम्मेदवारी दिएका पाँच पालिकामा नेकपा एमाले र माओवादी केन्द्रका एक-एक जनासहित साना दल र स्वतन्त्रबाट कुल ११ जनाको उम्मेदवारी परेको छ । कांग्रेसले उम्मेदवार उठाउन कन्जुस्याँई गरेको छ । दुई पालिकाको प्रमुख-उपप्रमुखमा उम्मेदवारी नै परेको छैन । उम्मेदवारी दिएकामध्ये सात जना महिला छन । जसमा एक जना मात्र महिला प्रमुख छन । अरु उपप्रमुखमा छन ।

दलितलाई उपल्लो पददिन नमान्नेमा जातीय कारणसँगै आर्थिक अवस्था पनि रहेको साना पदमा उठेका दलित उम्मेदवारको बुझाई छ । निर्वाचनबाट जिल्लाभर कुल ३ सय ८४ जनप्रतिनिधिहरु चुनिने छन। ७४ वडा रहेको जिल्लामा अनिवार्य गरिएका हरेक वडाबाट एक-एक जना दलित महिला सदस्य चुनिने छन । त्यसका लागि कुल ३ सय ७६ जनाको उम्मेदवारी परेको छ ।

ठूला दलमध्ये माओवादी केन्द्रले सुस्ता गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवार उठाएको छ भने एमालेले सरावल गाउँपालिकामा उपप्रमुख उठाएको छ । कांग्रेसले कुनै पनि स्थानीय तहमा दलित उम्मेदवार उठाएको छैन । ठूलो पदमा जाने इच्छा हुँदाहुँदै पनि राजनीतिक दलले सानो पदमै सीमित गर्ने गरेको दलित उम्मेदवारहरुको गुनासो छ ।

दलित समुदायबाट अन्य स्थानीय तहको प्रमुख-उपप्रमुखमा उम्मेदवार उठाउनेमा नेकपा एस, जनता समाजवादी पार्टी(जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी, बहुजन शक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन पार्टी, जनता प्रगतिशिल पार्टी छन । एक प्रमुखपदमा स्वतन्त्रबाट उम्मेदवारी परेको छ । बर्दघाट नगरपालिका र प्रतापपुर गाउँपालिकाबाट दलित समुदायबाट उम्मेदवारी परेको छैन ।

पैसाकै कारण चुनाव जित्न सकिन्छ भन्ने सोचेका कारण पनि दलित समुदायहरु पढेलेखेका भएपनि उनीहरुलाईपछि पारिएको पूर्वशिक्षिका गोमती परियारको बुझाई छ । त्यसैका कारण आफू उपप्रमुखको आकांक्षी रहेपनिपछि पारिएको उहाँको गुनासो छ ।

जिल्लामा विभिन्न राजनीतिक दल र स्वतन्त्रगरि कुल २१ सय ९ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

  • कन्जुस्याँई
  • दलित
  • प्रमुख पद
  • राजनीतिक दल
शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.