• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

निर्वाचन : मेयरमा ज्वाइँ र जेठानकाे चर्को भिडन्त

भक्तपुर :  भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा भने चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

यो नगरपालिकाको मेयरमा नेकपा एमालेबाट मदनसुन्दर श्रेष्ठ र नेपाली काँग्रेसबाट सुरेन्द्र श्रेष्ठ चुनावी दौडमा छन् । मेयरका प्रतिस्पर्धी यी दुईबीच पारिवारिक नाता पनि छ । काँग्रेसबाट मेयरका उम्मेदवार बनेका सुरेन्द्र एमालेबाट मेयरका उम्मेदवार बनेका मदनसुन्दरका जेठान हुन् ।

यो पटक मध्यपु्रको चुनावी नजिता रोचक हुने स्थानीयवासीको अनुमान छ । विगतमा लोकप्रिय मत पाएर जितेका मदनसुन्दर र काँग्रेसका सुरेन्द्रबीच प्रतिस्पर्धा हुने देखिन्छ । यो पालिकामा काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । गठबन्धनबाट उपमेयरमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छ ।विगतमा नेमकिपा र एमालेबीच तालमेल भए पनि यस पटक यी दुवै दल एक्लाएक्लै मैदानमा छन् । अर्कोतिर एमाले विभाजन भएकाले विगतको तुलनामा उसको मत केही कम हुने आकलन गरिएको छ ।

उता, वडा तहमा तालमेल मिलाउन नसकेकाले गठबन्धनलाई पनि त्यति सहज भने देखिँदैन । मध्यपुर थिमिमा काँग्रेस गणितीय हिसाबले बलियो देखिए पनि भावनात्मक हिसाबमा कमजोर रहेको स्थानीयहरु बताउँछन् । यहाँ काँग्रेसभित्रको गुटबन्दीले पनि मत परिणाममा प्रभाव पर्न सक्ने देखिन्छ ।काँग्रेसको तर्फबाट मध्यपुर थिमि नगरपालिकाका मेयर पदका उम्मेदवार सुरेन्द्र श्रेष्ठले विगतका जनप्रतिनिधिले राम्रो काम गर्न नसकेका कारण यस पटक आफूलाई जनताले विकल्पका रुपमा रोज्ने दाबी गरेका छन् ।

श्रेष्ठले भने, ‘मध्यपुर थिमिमा काँग्रेस १ देखि ९ नम्बर वडासम्म बलियो छ ।’ त्यसमाथि पनि सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल भएकाले आफ्नो उम्मेदवारी थप सशक्त भएको उनको दाबी छ ।

नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका मदनसुन्दर श्रेष्ठ भने पाँच वर्षसम्म नगरपालिकालाई नेतृत्व गरेका हिसाबले पनि जनताले फेरि आफूलाई नै विश्वास गर्ने दाबी गर्दछन् । श्रेष्ठले भने, ‘मेरो विगतको कार्यलाई मूल्याङ्कन गर्दै अधुरा कार्य पूरा गर्न यो पटक जिताउनु हुनेछ भन्ने विश्वास लिएको छु ।’

सम्पदा पुनर्निर्माणमा आफूले ध्यान दिएको भन्दै उनले आफ्नो अघिल्लो कार्यकालमा मध्यपुर थिमि एउटा धार्मिक, सांस्कृतिक पर्यटनको गन्तव्य भएको दाबी गरे । केही कार्य अधुरो भएकाले त्यसलाई पूरा गर्न पनि आफूले फेरि उम्मेदवारी दिएको उनको भनाइ छ ।

यो पटकको स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमि नगरपालिकाको मेयर पदका लागि ६ स्वतन्त्रसहित १३ जना उम्मेदवार चुनावी मैदानमा छन् । एमालेबाट मदन सुन्दर (जगुलु) श्रेष्ठ, काँग्रेसबाट सुरेन्द्र श्रेष्ठ, नेमकिपाबाट आशाहरि प्रजापति, राप्रपाबाट भुवन बाग श्रेष्ठ, लोसपा नेपालबाट देवीमाया खाती, नेपालका लागि नेपाली पार्टीबाट राजेश बाडे र नेपाल सुशासन पार्टीबाट भगवती चौलागााई मेयर पदमा उम्मेदवार छन् ।

स्वतन्त्रतर्फ भने जीवपति श्रेष्ठ, दिनेश श्रेष्ठ, प्रजन श्रेष्ठ, रन्जन प्रजापति, राम बुढाथोकी र लक्ष्मी प्रसाद बास्तोला उम्मेदवार छन् ।

स्थानीय तहको निर्वाचन आउन ७ दिन बाँकी छ । राजनीतिक दलहरु चुनावी अभियानमा सक्रिय छन् ।

  • चर्को भिडन्त
  • ज्वाइँ र जेठानकाे
  • निर्वाचन
  • मेयरमा
शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.