• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

पल शाहलाइ भेट्न दुर्गेश थापा र पत्रकार प्रकाश सुवेदी पुग्दा जे कुरा बाहिर आयो


काठमाडौं : दुई महिनादेखि जबर्जस्ती करणी मुद्दामा अभिनेता पल शाह तनहुँ जिल्ला कारागारमा कैद छन् ।

नाबालिकामाथि बलात्कार गरेको आरोपमा उनले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।

त्यसपछि हिरासतमा रहेका उनी अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेशपछि कारागार चलान भएका हुन् ।

उनीविरुद्धको मुद्दा अहिले अदालतमा विचाराधीन रहेको छ । दमौलीस्थित कारागारमा पललाई भेट्न अहिले दिनहुँ आफन्त र चलचित्रकर्मीको घुइँचो लाग्छ । पललाई भेट्न आइतबार दिउँसो काठमाडौंबाट केही कलाकार र उनको मुद्दामा बयान दिएका गायक दुर्गेश थापा पनि तनहुँ कारागार पुगे ।

पललाई भेटेपछि सञ्चारकर्मी प्रकाश सुवेदीले पलको दिनचर्याबारे जानकारी गराएका छन् ।

सुवेदीका अनुसार कारागारभित्र पल बिहान ५ बजे उठ्नुपर्ने नियम छ । उठेपछि हल्का कसरत गर्छन् । त्यसपछि ध्यान योगा पनि गर्ने गरेका छन् । कारागारमा घण्टी लगाएको समयभित्रै खाना खानुपर्छ ।

बिहान १० देखि ११ बजे बीचमा खाना खानुपर्छ । सुवेदीका अनुसार हप्तामा दुई दिन मासु खाना दिइन्छ । कारागारभित्र रेस्टुरेन्ट पनि छ । पैसा हुनेले रेस्टुरेन्टमा अर्डर दिएर खाना लिन सक्छन् ।

आफ्नो खर्चमा जे मगाएर पनि खान पाउने व्यवस्था रहेको उनको भनाई रहेको छ । उनका अनुसार पललाई खानाको समस्या छैन् । उनलाई बेलाबखत बहिनीले पनि खाना लगिदिने गरेकी छन् ।

तर कहिलेकाहीं त्यहाँ भएको रेस्टुरेन्टमा खाना खान्छन् । खाना र बस्नमा कुनै समस्या नभएको कुरा पलले बताउने गरेका छन् । उनका अहिले कारागारभित्र पनि धेरै साथीहरु बनेका छन् । जेलभित्र पनि उनलाई सबैले हिरो भनेर माया र सम्मान दिन्छन् । सुवेदीले बताए अनुसार पलले अहिले कपाल काटेका छन् । लामो कपाल पालेर भित्र बस्न पाइदैँन । जेल प्रशासनले नै कपाल काट्न लगाएको थियो ।

कपाल काटेर पल केही दुब्लो देखिएका छन्, तौल भने ठीक छ । शारीरिक अवस्था राम्रै छ । पल भएको कारागारमा एक नृत्य निर्देशक पनि छन् । कारागारभित्र उनीहरु साथी भैसकेका छन् ।

ती नृत्य निर्देशकले विभिन्न गीतमा डान्स कम्पोज पनि गराउने गरेका छन् । कारागारबाट बाहिर आएपछि त्यो गीतलाई सुटिङ गर्ने योजना पनि उनीहरुले बनाइरहेका छन् । भित्रै टेबलटेनिस खेल्न पाइन्छ ।

वातावरण राम्रो रहेछ । भेट्न जाने व्यक्तिहरु निर्वाध रुपमा भेट्न सक्छन् । अध्ययनको कुरा गर्दा पल मनिषा कोइरालाले लेखेको पछिल्लो पुस्तक ‘हिल्ड : हाउ क्यान्सर गिभ मी अ न्यु लाइफ’ पढ्दैछन् । उनले आफू जेलभन्दा पनि होस्टल बसेजस्तो लाग्ने बताए । कारागारमा टेलिभिजन हेर्न मिल्छ ।

  • दुर्गेश थापा
  • पत्रकार प्रकाश सुवेदी
  • पल शाहलाइ भेट्न
मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.