काठमाडौं : आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
भक्तपुरमा गए राति पाँच तलामाथिबाट खसेर महिलाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
छतबाट खसेर मृत्यु हुनेमा नगरपालिका–८ लिवालीकी ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथा रहेकी छन् ।
छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारको क्रममा कुसाथाको मृत्यु भएको उहाँले बताउनुभयो ।