चितवनबाट जन्ती लिएर गएको जिप फर्कने क्रममा जिप दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । जन्ती बोकेको स्कार्पियो सोमबार साँझ गोरखा सिरानचोक गाउँपालिका-५,आरुबोटेमा दुर्घटनामा परेको हो ।
बा१४च ७८१ नंको स्कार्पियो जिप आरुबोटेको फिरफिरे भिरबाट झन्डै २०० मिटर तल खसेको गोरखा प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु भएकाहरूको पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।