केही दिन अगी सामाजिक संजालमा एउटा भिडियो भाइरल भएको थियो।
भिडियोमा एक जना व्यक्तिले अर्को एक जना व्यक्तिलाई निर्धार कुटपिट गरिरहेका थिए ।
कास्की पोखरा फिर्के पुल स्थित पोखरा बाग्लुङ सडक खण्डमा बाइक र टिप्पर एक आपसमा ठक्कर खाई दुर्घटना भएको र बाइक चालकले टिप्पर चालकलाई कुटपिट गरेको थियो।
अहिले तिनै टिप्पर चालक कुट्ने पोखरा लामाचौर बस्ने ४३ बर्षिय मिन बहादुर मगरलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
उनलाई शान्ति सुव्यवस्था तथा नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहारमा मुद्दा चलाइ १० दिनको म्याद थप गरी कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ !!