Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

मुक्तिनाथमा खचाखच पर्यटक : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ दर्शन गरेपछि दक्षिणी भारतबाट आए धेरै तीर्थालु

लमजुङ : यति बेला हिमाली जिल्ला मुस्ताङमा पर्यटक खचाखच छन् । चक्रीय अन्नपूर्ण पदमार्गको मुक्तिनाथ क्षेत्रमा अझ बढी पर्यटक छन् । मुक्ति क्षेत्रमा बढी मात्रामा धार्मिक पर्यटक पुग्ने गरेका छन् ।

आन्तरिक मात्रै नभएर भारतीयसमेत बस रिजर्भ गरेर मुक्तिनाथमा पुग्ने गरेको व्यवसायी बताउँछन् । गाउँदेखि दुई दिन यात्रा गरेर मुक्तिनाथ पुगेको लमजुङको क्व्होलासोंथर गाउँपालिका–४ कमागाउँकी पूर्णकुमारी गुरुङले बताइन् ।

मुक्तिनाथमा बढेको भीडले स्वयं पर्यटक नै दंग परेका छन् । भारतको गुजरातबाट आएकी पूर्णकाशी गुरुङ मुक्तिनाथ क्षेत्रमा पर्यटकको भीड देख्दा अचम्ममा परिन् । पछिल्लो समय अत्यधिक मात्रामा पर्यटक आएको होटल व्यवसायी बताउँछन् । ‘मान्छे नै गन्न नसक्ने गरी आएका छन्,’ मुक्तिनाथमा होटल व्यवसाय गरिरहेका कर्म लामाले भने । मुक्तिनाथमा २० भन्दा बढी पर्यटकीय होटल रहेको र सबै खचाखच रहेको उनले जानकारी दिए ।

समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइको मुक्तिनाथमा प्रतिदिन ४ हजार जनाले दर्शन गरिरहेका पुजारी कृष्णप्रसाद सुवेदीले बताए । अप्रिल, मे र जुन मनाङ र मुस्ताङमा पर्यटक आउने सिजन हो । चक्रीय अन्नपूर्ण पदमार्गमा वैशाख–जेठमा विदेशी पर्यटक अत्यधिक आउँछन् । यो सिजनमा धेरै मात्रामा भारतीय तीर्थालु आउने गरेको पुजारी सुवेदीको भनाइ छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन गरेपछि दक्षिणी भारतबाट धेरै तीर्थालु आएको उनले बताए । मोदीले २०७५ वैशाख २९ मा मुक्तिनाथ दर्शन गरेका थिए ।

अहिले मुक्तिनाथमा जिप, कार, स्कोर्पियो र बस सजिलै आउन सक्ने इलाका प्रहरी कार्यालय मुक्तिनाथका असई गिरु पौडेलले जानकारी दिए । एकै दिन ३ सयको हाराहारीमा मोटरसाइकलका सवारी साधनसमेत आउने गरेको उनले बताए । अहिले प्रतिदिन औसत ३ सय भारतीय पर्यटक मुस्ताङ आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमका पर्यटन सहायक राजन लामिछानेको भनाइ छ ।

औसत ५० जना भने तेस्रो मुलुकका रहने गरेको उनले बताए । पर्यटकलाई पोखरा, मुस्ताङतर्फ घासा र जोमसोममा पर्मिट दिने गरिएको एक्याप मनाङका कार्यालय प्रमुख ऋषि बरालले जानाकरी दिए । सार्क मुलुकका पर्यटकलाई प्रतिव्यक्ति १ हजार र विदेशीलाई प्रतिव्यक्ति ३ हजार रुपैयाँ लिएर संरक्षित क्षेत्रको भ्रमण अनुमति दिइन्छ । कोरोना संक्रमणपछि मुक्तिनाथको चेकपोस्ट बन्द छ । पर्यटकलाई दृष्टिगत गरी मुक्तिनाथ चेकपोस्ट छिट्टै सञ्चालन गरिने उनले बताए ।

  • खचाखच
  • पर्यटक
  • मुस्ताङमा
मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.

  • ३.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ६.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ७.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ८.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.