भरतपुर : बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले पदबाट राजीनामा दिनुभएको छ । भरतपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिन सुवेदीले राजीनामा दिनुभएको हो ।
उहाँलाई नेकपा एमालेले भरतपुरकाे मेयरको रुपमा सर्वसम्वत उम्मेदवार सिफारिस गरेको थियो । बिहीबार सुवेदीले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामापत्र पेस गर्नुभएको छ ।
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उठ्न लागेकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको उहाँले वताउनुभएको छ ।
निर्वाचन आयोगले बनाएको आचार संहितामा पनि जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार हुन अघि राजीनामा दिनुपर्ने भनिएको छ।
चितवनको क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित सुवेदीले ४ वर्ष ३ महिना बागमती प्रदेशसभा सदस्यको रुपमा रहेरे काम गर्नुभएको छ।