नवलपुर : पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–४, बोझापोखरीमा पिसाब गर्न जाँदा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बोझापोखरी नवलपुर, देवचुली–१ केउरानी बस्ने सन्तबहादुर बोटेकी श्रीमती ५५ वर्षीया महिला लालुमाया बोटेको मृत्यु भएको हो ।
तनहुँ माइत गएर फर्किने क्रममा उक्त घटना भएको हो । भीरबाट लडेर अन्दाजी २०/२५ मिटर तल खसेकी महिलाको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको हो ।