भरतपुर : पुर्वबाट पश्चिमतर्फ आइरहेको बिआर ०६ जिडी ८६७२ नम्बरको भारतीय नम्बर प्लेटको ट्रकले भानुचोकमा साइकलमा सवार दुइजनालाई ठक्कर दिँदा साइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रत्ननगर–१० बस्ने ६ वर्षीय बालक प्रिन्स परियार रहेका छन् । सोही साइकलका चालक बारा जितपुर घर भइ हाल रत्ननगर–९ बस्ने १६ वर्षीय राजा भनिने सौगात अली घाइते भएका छन् ।
घाइते अलीको टाउको, हात, पेट र ढाडमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ठक्कर दिने ट्रक जिल्ला प्रहरी कार्यलय चितवन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।