• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

चितवनमा ८४ हजार बढी नयाँ मतदाता थपिए

चितवन : यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन देशैभर एकसाथ हुँदैछ । अहिले निर्वाचनको तयारी भइरहँदा आफ्ना मतदाता कसरी फकाउने भन्नेमा राजनीतिक दल र तिनका कार्यकर्ताहरुमा ध्यानकेन्द्रीत छ ।

पछिल्लो पाँच वर्षको अवधिमा धेरै नयाँ मतदाताहरु थपिएकाले राजनीतिक दलहरुलाई मतदाता रिझाउन कठिन बन्न सक्छ । आज हामीले चितवनमा थपिएका मतदाता संख्यालाई प्रस्तुत गर्दैछौं । जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवनमा यसपटक कुल ३ लाख ९७ हजार ६८५ जना मतदाता रहेका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा ३ लाख १३ हजार ३ जना मात्रै मतदाता थिए ।

यसरी पाँच वर्षको अवधिमा ८४ हजार ६८२ नयाँ मतदाता थपिएका छन् । ती मध्ये ४२ हजार ४१५ महिला र ४२ हजार २६७ पुरुष मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले जानकारी दिए । उनका अनुसार थपिएका मतदाता धेरैजसो युवा समूहका छन् ।

भरतपुरमा बढी थपिए मतदाता

चितवनमा एक महानगरसहित ७ स्थानीय तह छन् । ती मध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा मतदाता थपिएका छन् । निर्वाचन कार्यालय चितवनका अनुसार भरतपुर मात्रै ३५ हजार ४७८ नयाँ मतदाता छन् । यससंगै २९ वटा वडा रहेको महानगरमा कुल मतदाता १ लाख ८५ हजार ७५२ पुगेको छ । जसमध्ये ९६ हजार ८६७ महिला, ८८ हजार ८८४ पुरुष र एक जना तेस्रो लिंगी मतदाता छन् ।

कुन स्थानीय तहमा कति थपिए नयाँ मतदाता ?

भरतपुर महानगरपालिका पछि सबैभन्दा धेरै मतदाता पूर्वीचितवनको राप्ती नगरपालिकामा थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार राप्ती नगरपालिकामा १० हजार ६५१ जना नयाँ मतदाता थपिएका छन् । यससंगै १३ वटा वडा रहेको राप्तीमा मतदाता संख्या ४० हजार ६४९ पुगेको छ । ती मध्ये २० हजार ४९५ पुरुष र २० हजार १५४ महिला छन् ।

यसैगरि खैरहनी नगरपालिकामा १० हजार २६८ नयाँ मतदाता थपिएका छन् । यससंगै ११ वटा वडा रहेको खैरहनीमा कुल मतदाता संख्या ४३ हजार ५३१ पुगेको छ । ती मध्ये २२ हजार ७९९ महिला र २० हजार ७३२ पुरुष मतदाता छन् । त्यस्तै रत्ननगर नगरपालिकामा ९ हजार ४८८ नयाँ मतदाता थपिएका छन् । १६ वटा वडा रहेको रत्ननगरमा कुल मतदाता ५२ हजार ६४२ पुगेको छ । जसमध्ये २७ हजार २९५ महिला र २५ हजार ३४७ पुरुष छन् ।

त्यस्तै पूर्वीचितवनकै कालिका नगरपालिकामा ८ हजार १७० नयाँ मतदाता थपिएका छन् । यससंगै ११ वटा वडा रहेको कालिकामा कुल मतदाता संख्या ३१ हजार १५७ पुगेको छ । जसमध्ये १५ हजार ५९७ महिला र १५ हजार ५६० पुरुष छन् ।

यसैगरि माडी नगरपालिकामा ६ हजार ६४७ मतदाता थपिएका छन् । यससंगै ९ वटा वडा रहेको माडीमा कुल मतदाता २८ हजार ३२० पुगेको छ । जसमध्ये १४ हजार ५६२ पुरुष र १३ हजार ७५८ पुरुष छन् ।

त्यस्तै जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा ३ हजार ९८० नयाँ मतदाता थपिएका छन् । ७ वटा वडा रहेको यहाँ कुल मतदाता १५ हजार ६३४ पुगेको छ । जसमध्ये ७ हजार ३९२ महिला र ८ हजार २४२ पुरुष छन् ।

  • ८४ हजार बढी
  • चितवनमा
  • थपिए
  • नयाँ मतदाता
बुधबार, बैशाख ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.